१८ असार २०८३, बिहीबार

चितवनका २ पालिकामा शिक्षक दरबन्दी कटौती

पुस २७, २०७७
चितवनका २ पालिकामा शिक्षक दरबन्दी कटौती
प्रतिकात्मक तस्वीर

चितवन जिल्लामा रहेका २ पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो ।
 
कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका २९ दरबन्दी कटौती गरिएको हो । कटौती गरिएका दरबन्दीहरू कालिका र राप्ती नगरपालिकामा पठाइएको छ । 

इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी थप गरिएको छ ।
 
सुवेदीका अनुसार विद्यार्थी संख्याका आधारमा २ नगरपालिकाका थोरै विद्यार्थी भएका विद्यालयबाट दरबन्दी कटौती गरी जिल्लाका अन्य स्थानीय तहमा पठाइएको हो । इच्छाकामना गाउँपालिकामा ३५, राप्ती नगरपालिकामा १५ र कालिका नगरपालिकामा १२ जना शिक्षक थप गरिएको छ ।

पहिलो चरणमा खैरहनीका १४ र रत्ननगरका ६ शिक्षकलाई इच्छाकामना पठाइएको छ ।
 
यसरी मिलानमा पर्नेमा आधारभूत तह ६ देखि ८ कक्षाका शिक्षकहरू रहेका छन् । दरबन्दी मिलान गरी पठाइएका शिक्षकलाई पालिकाले व्यवस्थापन गर्नेछ ।

माडी नगरपालिका र भरतपुर महानगरपालिकामा भने पालिका आफैंले आन्तरिक मिलान गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्