भदौ २४, २०८०
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
पुस २९, २०७७
राष्ट्रहित र राष्ट्रियताको पक्षमा सधैँ खरो रूपमा उत्रिएर राष्ट्रवादी प्रधानमन्त्रीको छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको शिर उच्च हुनेगरी केही अडान राखेका छन्– एक भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा ।
भारतीय टिभी च्यानल जी न्यूजमा सोमवार राति प्रसारित अन्तर्वार्तामा ओलीले नेपालले भारतलाई ठूल्दाइ नमान्ने र त्यस्तो व्यवहार स्वीकार्य नहुने स्पष्ट विचार राखे ।
प्रधानमन्त्री ओलीले दिएको त्यो बहुचर्चित अन्तर्वार्ताको अहिले सर्वत्र प्रशंसा भएको छ । ओलीका आलोचकहरू समेत राष्ट्रियताको पक्षमा उनले राखेका अडानप्रति नतमस्तक भएका छन् ।
ओलीको अन्तर्वार्ता यस्तो समयमा प्रसारण भएको छ, जतिबेला नेपालको राजनीति अत्यन्त संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । साथै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण सन्निकट छ ।
आफ्नो सत्तायात्रा सहज बनाउन नेपाली नेताहरूले भारतलाई खुशी बनाउन उसको प्रशंसा मात्र गर्ने गरेको इतिहास हाम्रासामु साक्षी छन् । तर यस मानेमा ओली अपवाद बनेका छन् ।
बीपी कोइरालाले मात्र यसरी भारतमा गएर नेपालको पक्षमा अडान राख्न सक्थे । भारत भ्रमणमा जाँदा देशको आन्तरिक मामिलालाई विदेशी भूमिमा गएर छरपस्ट पारेको भन्दै नेपालका प्रधानमन्त्रीहरूको विरोध हुने गरेको थियो ।
भूगोल र जनसंख्यामा ठूलो सानो भएपनि सार्वभौमसत्ता सम्पन्न मुलुकको हैसियत समान हुने भन्दै ‘बढे भाइ र छोटे भाइ’को सम्बन्ध अस्वीकार्य हुने अडान ओलीले उक्त टेलिभिजनसँगको अन्तर्वार्तामा दह्रोसँग राखे ।
‘भूगोलमा, जनसंख्यामा ठूलो या सानो हुन सकौंला तर हामी छोटे भाइ होइनौं । हामी दुई देश सार्वभौमसत्ता सम्पन्न देश हौं । दुई छिमेकी देशसँग हाम्रो सम्बन्ध पुरानो हो । अहिले उपनिवेशको युग नभई पारस्परिक सम्मानको युग हो,’ ओलीले अन्तर्वार्ताका क्रममा भनेका छन् ।
त्यही अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रमा भारतद्वारा अतिक्रमित नेपाली भूमि सम्बन्धमा आफ्नो अडान पुनः दोहोर्याए ।
कश्मीरलाई समेटेर नक्सा प्रकाशित गर्दा नेपाली भूमिलाई समेट्नु र नेपालले कूटनीतिक नोटमार्फत् विरोध जनाइसकेपछि नेपाली भूमिमा आएर बाटो शिलान्यास गर्ने जस्ता कार्य कदापि स्वीकार्य नभएको ओलीको भनाइ छ ।
एउटा अन्तर्वार्तामा मात्र होइन, आइतवार राष्ट्रिय सभाको बैठकमा पनि ओलीले यिनै कुरा दोहोर्याएका छन् ।
‘कतिपय मानिसले मलाई सोध्ने गर्छन्, तपाईं प्रधानमन्त्री बनेको समयमा भारतसँगको सम्बन्धमा किन व्यापक बहस हुन्छ ? किन हुन्छ भने म साँचो अर्थमा मित्रता गर्न, सम्बन्ध बढाउन र मित्रतालाई सही अर्थमा उचाइमा पुर्याउन चाहन्छु,’ आइतवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘हाम्रो भू–भाग हडपिएको छ भन्ने थाहा छ, बोल्न नसक्ने अनि सम्बन्ध राम्रै छ भन्ने ? भित्र मन कुँड्याउने बाहिर भन्न नसक्ने ? ५८ वर्षदेखि भारतको फौज नेपालको भूमिमा आएर बसे पनि नेपालका शासकले बोल्न सकेनन् । हामीले नक्सामा राख्यौं । त्यो भूभाग कायम गरेर छाड्छौं । नक्सामा मात्र होइन, व्यवहारमा सामेल गरेर छाड्छौं ।’
लिपुलेक र कालापानी क्षेत्र नेपालको रहेको तथ्य जगजाहेर हुँदा पनि विवाद नै नभएको ठाउँलाई विवादित जस्तो बनाउन खोजिएको भन्दै अतिक्रमित भूमि नक्सामा मात्र होइन भोगचलनमा नै ल्याउने भनेर विघटित प्रतिनिधि सभामा उनले बोलेका कुरा रेकर्ड भइसकेका छन् ।
अन्य कैयौं सार्वजनिक मञ्च, अन्तर्वार्ता र पार्टीको दस्तावेजमा पनि उनले कालापानी क्षेत्रको भूमि फिर्ता गर्ने कुरा प्रस्टसँग राखेका छन्, जुन कुरा उनले राष्ट्रिय मञ्च र अन्तर्वार्ताहरूमा भनिरहेका थिए, त्यो कुरा भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा प्रस्टसँग राखे ।
यही कारणले ओलीको अन्तर्वार्ता अहिले चर्चामा छ ।
कतिपयले भारतीय टीभी र प्रस्तोताको पृष्ठभूमिलाई लिएर औचित्यहीन र सस्तो टिप्पणी गरेका छन् । कुनै सञ्चारमाध्यमले विगतमा के अभियान चलाएको थियो र भविष्यमा कस्तो प्रचार गर्छ भन्ने अनुमान गरेर प्रधानमन्त्रीले बोलेका कुराको अवमूल्यन गर्न मिल्दैन । ओलीले विगतमा आफूले राखेका अडान छाडे कि छाडेनन् भन्ने बहसको विषय हो ।
टेलिभिजनको नाम र प्रस्तोताको अनुहार हेरेर बोलिएका वजनदार कुराको अवमूल्यन गर्न खोज्नु बौद्धिक दिवालियापन सिवाय केही होइन । भारतीय टेलिभिजनमा प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हितको पक्षमा स्पष्ट अडान राखेको भनेर प्रशंसा गर्दा कसैको कद घट्दैन । राम्रोलाई राम्रो भन्न नसक्ने हाम्रो मानसिकतामा परिवर्तन हुनु जरुरी भैसकेको छ ।
प्रधानमन्त्रीले आवश्यक पर्दा भारत र चीनबीच वार्ताको मध्यस्थता गर्न सक्ने बताएर सामरिक रूपमा पनि नेपालको महत्त्वलाई उजागर गरेका छन् ।
ओलीको यो उद्घोषले नेपाललाई ‘छोटे भाइ’ भनेर तुलना गर्नेहरूलाई ठूलै झापड मिलेको हुनुपर्छ । प्रधानमन्त्रीले नेपाल दुई ढुंगाबीचको तरुल मात्र होइन, आवश्यक परे दुई ठूला देशबीच वार्ता गराउन भूमिका खेल्न सक्ने भनेर अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो भूमिका फराकिलो बनाएको स्मरण समेत गराएका छन् । जुन आफैँमा अति महत्त्वको तर्क हो ।
बहुचर्चित अन्तर्वार्ताको अर्को प्रशंसनीय पक्ष पूर्वीय दर्शन र सभ्यताबारे दिएको प्रवचन हो । कुनै अध्येताले जस्तो ओलीले पूर्वीय दर्शनको व्याख्या गरेर यसको महत्त्व प्रकाश पारे । हिन्दी र अंग्रेजी दुवै भाषाका छुट्टाछुट्टै अन्तर्वार्तामा ओलीले विषयवस्तुलाई तर्क र युक्तिसंगत ढंगले राखे, कुनै कुरा लुकाएनन् । यसले उनको अध्ययन र बौद्धिक तर्कशीलतालाई पनि उजागर गरेको छ ।
२०७२ सालमा नेपालले संविधान सभाबाट संविधान जारी गरेपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दीको डटेर सामना गर्नेदेखि अतिक्रमित भूमि समेटेर नेपालको नक्सा प्रकाशित गर्ने क्रममा ओलीले देखाएको साहस आफैँमा ऐतिहासिक बनेको छ ।
कूटनीतिक सुझबुझ, ऐतिहासिक तथ्य सहितको अडानले नै अतिक्रमित नेपाली भूमि फिर्ता गर्ने नेपाल र नेपालीको चाहना पूरा हुनेछ । इतिहासको यो अभिभारा पूरा गर्न प्रधानमन्त्री ओलीलाई सफलता मिलोस् ।
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...