साउन १३, २०७९
संसारको सबैभन्दा महँगो ह्विस्की कुन हो ? यसको जवाफ हो सिंगल माल्ट । यो ह्विस्की एक बोतलको मूल्यले त जो कोहीको घर नै आउँछ । यस ह्विस्कीको एक बोतलको मूल्य करीब ३० हजार अमेरिकी ...
मानिसले अनेक किसिमका भावना अनुभव गर्छ : प्रेम, रिस, घृणा, चिन्ता । प्रत्येक भावनाले शरीरमा परिवर्तन ल्याउँछ । खुशी हुँदा अनुहारमा मुस्कान आउँछ अनि रिस उठ्दा आँखीभौं उचालिन्छ ।
कतिपय अवसरमा हाम्रो शरीरका लक्षणले दिएका संकेतले हामीलाई झुक्याउँछ । कहिलेकाहीँ अनुभवी मानिसले पनि दिमाग के महसूस गरिरहेको छ भन्ने थाहा पाउँदैन ।
अमेरिकाकी मनोवैज्ञानिक लिजा फेल्डम्यान एक दिन ल्याबमा घन्टौं काम गरेपछि बोर भइरहेकी थिइन् । एउटा साथीले उनलाई डेट जान अफर गरे । लिजालाई त्यो साथी खासै मन पर्दैनथ्यो तर जाऊँ न त एकचोटि भनेर उससँग कफी पिउन गइन् ।
कफी पिउँदै गर्दा लिजाले त्यो साथी त्यति नराम्रो रहेनछ भन्ने अनुभव गरिन् । उससँग फेरि एकचोटि डेट जान सकिने उनलाई अनुभव भयो । उनको शरीरले अनेक लक्षण देखाउन थाल्यो : पेट हल्लिन थाल्यो, टाउको भारी भयो र भावनाको तूफान मनमा उठ्यो ।
घर आउँदाखेरी उनको हालत यस्तो थियो । तर घर पुग्नै लाग्दा उनलाई चक्कर आउन थाल्यो र उल्टी पनि भयो । खासमा उनलाई भाइरल ज्वरो पो आएको रहेछ । उनले भावनाको तूफान भन्ठानेको कुरा त रोगको संकेत पो रहेछ ।
लिजाले मानिसको भावनामाथि केही अघि अनुसन्धान गरेकी थिइन् । लिजाले आफ्नो अनुसन्धान र अनुभवको आधारमा एउटा किताब लेखेकी छन् : हाउ इमोसन्स आर मेड ।
लिजाले किताबमा हामीले शरीरको संकेत बुझ्नका लागि बढी दिमाग लगाउनुपर्ने कुरामा जोड दिएकी छन् । उनले भावनामाथि नियन्त्रणका तरिका पनि बताएकी छन् ।
उनका अनुसार, अनेक अवसरमा दिमागले संकेतहरूलाई घालमेल गरिदिन्छ ।
पेट दुख्दा पेटको संक्रमणको पनि संकेत हो अनि घरबाट टाढा हुनुहुन्छ भने परिवारको याद आउँदा पनि पेट दुख्छ । मुटु जोडले ढुकढुक ग–यो भने तपाईं उत्साहित भएको संकेत हो वा सार्वजनिक भाषण दिनुपर्दा गरिएको चिन्ता पनि हो । अफिसमा धेर कफी पिउनुभएको पनि संकेत हुनसक्छ ।
लिजाका अनुसार, रिस, चिन्ता वा घिनको भावना हामीमा जन्मिँदैखेरी आउँदैन । हाम्रो हुर्काइ, वातावरण र हालत अनुसार यो विकसित हुन्छ । हाम्रो आमाबुवा, साथी, किताब, पुराना यादहरूले हामीलाई विशेष वातावरणमा विशेष प्रतिक्रिया दिन सिकाउँछन् । यिनैको आधारमा हाम्रो भविष्यको व्यवहार निर्धारित हुन्छ ।
भोक, थकान र रोगको संकेत हाम्रो शरीरमा प्रायः एकैखाले हुन्छ । हामीले यिनको फरक छुट्ट्याउनु आवश्यक हुन्छ । लिजाका अनुसार, शरीरका संकेतहरूलाई सही पढ्न जान्नुपर्छ । मानिसले दिमागको अलिक कसरत गरेर यो काम गर्न सक्छ ।
संसारको सबैभन्दा महँगो ह्विस्की कुन हो ? यसको जवाफ हो सिंगल माल्ट । यो ह्विस्की एक बोतलको मूल्यले त जो कोहीको घर नै आउँछ । यस ह्विस्कीको एक बोतलको मूल्य करीब ३० हजार अमेरिकी ...
पछिल्लो समय जीम गएर शरीर सुन्दर बनाउने फेशन नै बनिसकेको छ । आफ्नो शरीर सुन्दर तथा आकर्षक बनाउन मानिस कुनै हालतमा पछि हट्दैनन् । जसले गर्दा कहिलेकाहीँ दुःखद् घटना समेत घट्न पुग्छ । ह...
दोस्रो विश्व युद्धका एक पाइलटले हालै १०२ औँ जन्मोत्सव मनाएका छन् । स्कटल्याण्ड निवासी ह्यारी ग्याम्पर नामक ति वृद्धले धुमधामका साथ आफ्नो जन्मोत्सव मनाएका हुन् । त्यसक्रममा उनले आफ्नो लामो आयुको राज पनि बताएका छन् । तीन...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
हालै भारतमा दुईवटा टाउको भएको बच्चा (कन्ज्वाइन्ड ट्वीन्स)को जन्म भयो । ती बच्चाको दुईवटा टाउको, तीनवटा हात र दुईवटा मुटु थियो । तर शरीर भने एउटै । भारत मध्यप्रदेशको रतलामका शाहीन खान र उनका पति सोहे...
भारतको केरलास्थित तिरुवन्तपुरममा एक बालकले युट्युब हेरेर बनाएको मदिरा पिउँदा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ । उनले युट्युबमा देखाइएको जस्तै तरिकाले बनाएको मदिरा साथीहरूलाई पिउन दिँदा उनीहरू गम्भीर बिराम...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...