०३ असार २०८३, बुधबार

हुआवेले ल्यायो आफ्नै हार्मोनी ओएस, ओभन र स्मार्ट टीभीसँग पनि अन्तर्क्रिया सम्भव

माघ १२, २०७७
हुआवेले ल्यायो आफ्नै हार्मोनी ओएस, ओभन र स्मार्ट टीभीसँग पनि अन्तर्क्रिया सम्भव

चीनको विशाल सूचना प्रविधि कम्पनी हुआवेले आफ्नै अपरेटिङ सिस्टम हार्मोनी ओएस ल्याएको छ र यसको ताररहित सम्पर्कमा नवप्रवर्तन गरेको जानकारी दिएको छ । 
 

हुआवे पोलन वार्षिक सम्मेलनमा कम्पनीको कन्ज्युमर बिजनेस सफ्टवेयर डिपार्टमेन्टका अध्यक्ष वाङ चङ्लुले हार्मोनी ओएसका चारवटा विशेषता सार्वजनिक गरे । 

यसै वर्ष हार्मोनी ओएस ३० देखि ४० करोड डिभाइसमा फिट हुने उनले बताए । 

सम्मेलनमा हार्मोनी ओएस राखिएका दुई डिभाइसले ओभन र स्मार्ट टीभीसँग अन्तर्क्रिया गरेको देखाइएको थियो ।

चारवटा फीचरमा स्मार्ट ओभन कनेक्सन, जेडी शपिङ कार्ट फंक्सन, लाइभ भिडियो प्रोजेक्सन, स्मार्ट स्क्रीन टीभी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्