३२ असार २०८३, बिहीबार

मानिसको खप्परमा प्वाल पारेर कम्प्युटर चिप लगाउने इलोन मस्कको घोषणा

माघ २१, २०७७
मानिसको खप्परमा प्वाल पारेर कम्प्युटर चिप लगाउने इलोन मस्कको घोषणा

स्पेसएक्स र टेस्ला जस्ता कम्पनीहरूका मालिक इलोन मस्कले एक वर्षभित्र मानिसको मस्तिष्कमा कम्प्युटर चिप फिट गर्ने बताएका छन् । 

मानिसको मस्तिष्कमा जडित यो चिप सीधै कम्प्युटरसँग जोडिन्छ । 
 

मस्कको न्युरालिंक कम्पनीले अल्ट्रा हाई ब्यान्डविथ ब्रेन मशिन इन्टरफेस तयार गर्न खोज्दैछ । 

मानिसको मस्तिष्कमा चिप राख्ने काम रोबोटले गर्नेछ । अबको २५ वर्षमा फुल ब्रेन इन्टरफेस पनि तयार हुने उनको भनाइ छ ।
 

आर्टिफिसियल इनटेलिजेन्स मानिसहरूमाथि हावी नहोस् भन्नका लागि मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न जरूरी रहेको मस्कको भनाइ छ । उनका अनुसार, मानिसको खप्परबाट एउटा टुक्रा निकालिनेछ । रोबोटमार्फत

इलेक्ट्रोड्स मस्तिष्कमा राखिने र प्वालमा डिभाइस राखिनेछ । यसले शिरमा सानो दाग लगाउने उनको भनाइ छ । 
 

न्युरालिंकले एउटा थ्रेड पनि बनाउन लागेको छ जुन मानिसको कपालको दशौं भाग जति पातलो हुनेछ । यसले मस्तिष्कमा लागेको चोटपटकलाई पनि उपचार गर्नेछ ।

यसअघि बाँदरको टाउकोमा वायरलेस इम्प्लान्ट राखिसकिएको मस्कले बताए । त्यसमार्फत बाँदरले दिमाग प्रयोग गरेर भिडियो गेम समेत खेल्न सक्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्