१० साउन २०८३, आइतबार

ब्राजिल : फूटबल खेलाडीले मैदानमा देखाए असभ्य व्यवहार, ८ खेलमा प्रतिबन्ध (भिडियो)

माघ २३, २०७७
ब्राजिल : फूटबल खेलाडीले मैदानमा देखाए असभ्य व्यवहार, ८ खेलमा प्रतिबन्ध (भिडियो)

ब्राजिलका फूटबल खेलाडी इमर्सन कारिओकाले गत डिसेम्बर महिनामा मैदानभित्र असभ्य व्यवहार देखाएको आरोपमा आठ खेलमा प्रतिबन्ध लगाइएको छ । 

ती २५ वर्षीय खेलाडीले साम्पाइयो कोर्रीया टीमका लागि मारिकाविरुद्ध गोल गरेर च्याम्पियनशिपमा पुर्‍याएका थिए । 

गोल गरेपछि उनले कट्टु खोलेर गुप्तांग देखाउँदै विपक्षीहरूलाई चिढ्याएपछि मैदानमै हुलदंगा भएको थियो । 

उनको यो व्यवहारको अनुसन्धान गर्ने अनुशासन प्यानलले उनको हर्कतबाट खेलको अनुशासन वा नैतिकता उल्लंघन भएको भन्दै आठ खेलमा प्रतिबन्ध लगायो । 

अहिले उनी पोर्तुगेसा दो रियो टोलीमा छन् र त्यस टीमले सजायविरुद्ध पुनरावेदन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्