काठमाडौं, ५ जेठ - अष्ट्रेलियामा रहेका नेपाली युवाहरुले दिवंगत र्याप गायक यम बुद्धको सम्झनामा एउटा गीत सार्वजनिक गरेका छन् । उनीहरुले युटुव मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।
विराज पुडासैनीको शब्द, संगीत तथा स्वरमा ‘यो दुनियाँ’ नामक गीत सार्वजनिक भएको हो । गायक पुडासैनीका थप नयाँ सिर्जनाहरु समेत बजारमा आउने क्रममा रहेका छन् । गीतमा सन्तोष खनालले भिडियो निर्देशन गरेका छन् । गीतमा जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई समेटिएको छ । निर्देशक खनालकै फ्रेममा रेकर्ड गरिएको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।
आरएस इन्टरटेन्मेन्टको रेकर्डिंग तथा एम्स टिभीको पोस्ट प्रोडक्सन रहेको भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो ।