२५ असार २०८३, बिहीबार

प्रचण्ड–नेपालले सभाबाट दिन खोजेको सन्देश

प्रचण्ड–नेपालले सभाबाट दिन खोजेको सन्देश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसद् विघटनमार्फत संविधानको हत्या गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई खतरामा पारेको आरोप लगाएको छ ।  

बुधबार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संविधान मिच्ने, लोकतन्त्रको हत्या गर्ने र जनअधिकार कुल्चनेलाई जनताले ललकार्ने बताउँदै ओली लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्रको भएको आरोप लगाएका हुन् । उनीहरूले विरोध सभामार्फत लोकतन्त्र, संविधान र स्वतन्त्रताको रक्षाका लागि आफूहरू सडकमा आएको जनाउ दिएका छन् । ‘यो कुनै पदको लडाइँ होइन, कसैलाई प्रधानमन्त्री बनाउने वा कुर्सीको लडाइँ होइन । यो केपी प्रवृत्तिविरुद्धको लडाइँ हो, लोकतन्त्र, संविधान र स्वतन्त्रता रक्षाको लडाइँ हो’, दुवै अध्यक्षले भने ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानको हत्या गरेको तथा प्रतिगमनमार्फत निरंकुश शासन गर्न खोजेको आरोप लगाउँदै दुवै अध्यक्षले ओली प्रवृत्ति कहाँबाट जन्म्यो, हुक्र्यो, त्यसबारे आत्मसमीक्षा गर्ने उद्घोष गरे । दुवै अध्यक्षले संसद् पुनस्र्थापनाको विकल्प नभएको र संसद् पुनस्र्थापना नभए नेपाली जनताले ठूलो आन्दोलन गर्ने चेतावनीसमेत दिए । नागरिक दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्