२७ असार २०८३, शनिबार

हिउँको सतह फुटेर चिसो पानीमा चोपलिएपछि... (भिडियो)

चैत ३, २०७७
हिउँको सतह फुटेर चिसो पानीमा चोपलिएपछि... (भिडियो)

नेदरल्यान्ड्सको एम्स्टर्ड्याममा कट्टु मात्र लगाएर स्केटिङ गरिरहेका एक व्यक्ति हिउँ फुटेपछि चिसो पानीमा चोपलिएका छन् । 

नाम नखुलाइएका ती व्यक्ति हिउँको पातलो सतहमा चिप्लिँदै गर्दा त्यो चर्केर पानीमुनि बिलाएको दृश्य भिडियोमा कैद भएको छ । 

पानीमा डुबिन्छ भन्ने थाहा पाएमा व्यक्तिले त्यसैअनुसार तयारी गरेको देखिन्छ किनकि उनले कालो कट्टु र स्केटहरू मात्र लगाएका थिए । 

पानीमा खस्नेबित्तिकै उनी साथीको सहायताले बाहिर निस्कन सफल भएका थिए ।

डचहरूलाई आइस स्केट गर्न औधी रुचि छ र आइतवार उनीहरू जमेका नहरमा स्केटिङ गर्न गएका थिए । तीन वर्षमा पहिलोपटक नहर जमेको हो । 

तर केही स्केटरहरू हिउँमा अलि बढी नै बजारिएछन् जसले गर्दा उनीहरू अस्पताल जानुपरेको थियो । आकस्मिक सेवा भरिभराउ भएकाले अनावश्यक जोखिम नलिन अधिकारीहरूले आग्रह गरे पनि मानिसले टेरेनन् । 
 

एम्स्टर्ड्याममा स्केटरहरू सुप्रसिद्ध प्रिनसेनग्राख्त नहरमा स्केटिङ गर्न गएका थिए । तर हिउँ बाक्लो गरी सबैतिर जमेको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्