२५ असार २०८३, बिहीबार

‘रबर खेतीका पिता’ झापामा सम्मानित

फागुन ७, २०७७
‘रबर खेतीका पिता’ झापामा सम्मानित

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘रबर खेतीका पिता’ भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई विहीबार झापामा सम्मान गरेको छ । पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न आयोजित कार्यक्रममा उनलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिन् ।

तीन दशकअघि भण्डारीले अनुसन्धान गरी नेपालमा रबर खेती सम्भव भएको निचोड निकालेका थिए । त्यही आधारमा झापा र गोरखा जिल्लामा पहिलोपल्ट २०४८ सालमा रबर खेती शुरु गरिएको थियो । हाल झापा, मोरङ र सुनसरी जिल्लामा दशौँ हजार हेक्टर भूमिमा रबर खेती गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्