३१ असार २०८३, बुधबार

अमेरिकामा देखियो दुर्लभ पक्षी, आधा भाले आधा पोथी

फागुन १३, २०७७
अमेरिकामा देखियो दुर्लभ पक्षी, आधा भाले आधा पोथी

अमेरिकाको पेन्सिल्भेनिया शहरमा पक्षीविद् जेम्स आर हिल तृतीयले दुर्लभ चराको तस्वीर खिच्न सफलता पाएका छन् । 

यो चरो आधा भाले आधा पोथी हो । 

जीवनमा एकपटक मात्र यस दुर्लभ पक्षीलाई देख्न पाइने जेम्सले बताए । १० लाख चरामा एउटा चरा यस्तो हुने उनको भनाइ छ । 

यसको नाम कार्डिनल चरा हो । भालेपट्टिको भाग रातो र पोथीपट्टिको भाग खैरो तथा सेतो रंगको छ । 

डबल फर्टिलाइजेसनका कारण चरामा यस्तो परिवर्तन आउँछ । यसमा पोथीको अण्डाका कोशिकाहरू दुई नाभिका साथ विकसित हुन्छन् र दुई शुक्राणुबाट निषेचित हुन्छन् । 

परिणामस्वरूप एउटै शरीर भाले र पोथी दुवै बन्छ । 
 

कार्डिनल चरा उत्तरी र दक्षिणी अमेरिकामा पाइन्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्