०८ असार २०८३, सोमबार

महाशिवरात्रि पर्वमा एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने

फागुन १३, २०७७
महाशिवरात्रि पर्वमा एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने
प्रतिकात्मक तस्वीर

पूर्वको पशुपतिनाथ ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा १ नम्बर प्रदेश स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ ।

फागुन २७ गते महाशिवरात्रिका दिन ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार तथा सान्त्वना हुने २ जनालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए ।

उनका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ तथा सान्त्वना हुने २ जनालाई जनही २ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगीले ताण्डव नृत्यका लागि १ हजार र शिव भजनका लागि ५०० रुपैयाँ शुल्क बुझाउनुपर्ने समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । दुवै प्रतियोगिताको अडिसन (प्रारम्भिक छनोट) २५ र २६ गते हुने बताइएको छ ।

दुवै विधामा ५०/५० जना सहभागी हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

अडिसनबाट अन्तिम १० जनालाई छनोट गरिने तथा  जसमध्ये ५ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न कम्तिमा ५ लाख रुपैयाँ खर्च हुने कोषाध्यक्ष जोशीले बताए ।

धाममा २५ गते बिहान ९ बजे यज्ञ समुद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै ४ प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृङ्गार, आरतीलगायत हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्