
खाजामा मानिसहरूले ब्रेडमा बटर लगाएर खान मन पराउँछन् ।
स्वास्थ्यका लागि पीनट बटर स्वस्थ मानिन्छ । पीनट अर्थात् मम्फली बदाममा पोषक तत्त्व र एन्टीअक्सिडेन्ट गुण हुन्छ । यसले शरीरलाई सबै आवश्यक तत्त्व दिन्छ र रोगबाट बचाउँछ ।
तर बजारमा बेचिने बटरमा प्रिजर्भेटिभ, अतिरिक्त चिनी र अन्य तत्त्व हुनाले स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसले शरीरलाई पोषण दिनुको साटो मधुमेह र तौल बढाउने काम गर्छ ।
तपाईं घरैमा सजिलैसँग पीनट बटर बनाउन सक्नुहुन्छ । यो स्वादिलो हुनुको साथै स्वास्थ्यका लागि लाभदायक छ ।
सामग्री
काँचो मम्फली बदाम - पाँच कप
मह - दुई ठूलो चम्चा
बदामको तेल - अलिकति
नून - एक सानो चम्चा
विधि
पहिला बदाम, नून र महलाई ब्लेन्डरमा राखेर मसिनो पेस्ट बनाउनुस् ।
त्यसमा तेल र अन्य सामग्री राखेर दुई मिनेटसम्म ब्लेन्ड गर्नुस् ।
यसलाई एयरटाइट कन्टेनरमा भरेर फ्रिजमा स्टोर गर्नुस् ।
यस पीनट बटरलाई तपाईं १५ दिनसम्म उपयोग गर्न सक्नुहुन्छ ।