चैत ६, २०८०
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
फागुन १४, २०७७
प्रतिनिधि सभा पुन:स्थापनापछि नेपालको राजनीति अब कसरी अगाडि बढ्छ भन्ने चित्र प्रस्ट भइसकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भावी सरकारको खाका प्रस्ट नभई राजीनामा नदिने उनका विश्वास पात्रहरूले बताइसकेका छन् भने नेकपाको प्रचण्ड-माधव नेपाल पक्षको रणनीति पनि प्रस्ट देखिएको छैन ।
यद्यपि यसबीचमा प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरे ।
साथै मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूसँग पनि बिहीवार भेटेर प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका थिए ।
अर्को सरकार गठनमा जसपाको भूमिका के हुन्छ ? जसपा सरकारमा सहभागी हुने सम्भावना छ ? यिनै विषयमा जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोसँग लोकान्तरकर्मी अजय अनुरागीले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
बुधवार नेकपा प्रचण्ड-माधव नेपाल पक्षका नेताहरूसँग भेट्नुभएको थियो । खास के भयो कुराकानी ?
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनको विरुद्धमा हामीसँगै मिलेर लड्यौं, आन्दोलन समेत गर्यौं । संसद् पुन:स्थापना पनि गर्यौं । अब आगामी दिनमा समेत हामीहरू एकसाथ सहकार्य गरेर अगाडि बढ्नुपर्यो भनेर प्रचण्डजीले प्रस्ताव गर्नुभयो । त्यसपछि मैले भनें, प्रतिगमनका विरूद्ध पार्टीहरू त लडे तर तपाईंहरू कुन पार्टी हो प्रस्ट भएन भनेर मैले पनि उहाँलाई जवाफ दिएँ ।
प्रतिगमन गर्ने पनि तपाईंकै पार्टी, त्यसको विरुद्धमा लड्ने पनि तपाईंकै पार्टी । पापापनि चिचीपनि त्यस्तो पनि हुन्छ राजनीतिमा ? पार्टी त विचार, सिद्धान्तको आधारमा चल्ने हो । प्रतिगमनवाला पार्टी हो कि अग्रगमनवाला पार्टी हो ? दुवै एकै पार्टी कसरी हुन सक्छ ? तपाईं कुन पार्टीको हो ? लगायतका प्रश्नहरू मैले गरें। जनतालाई त प्रस्ट पार्नुपर्यो। गुमराहमा त राख्नु भएन नि । त्यो आग्रह गर्यो ।
सहकार्य गर्ने उहाँको आग्रहमा मैले के पनि भनें कि सहकार्य पनि त एउटा समूहसँग गर्ने होइन, त्यसका लागि पनि पार्टी नै चाहिन्छ नि ! सहकार्य फेरि कसरी होला, किन भए एउटा प्रतिगमन त सच्चियो, संसदमाथि गरिएको प्रतिगमन सच्चियो, ठिकै छ । तर, संविधान बनाउने बेलामा गरिएको प्रतिगमन त कांग्रेस, एमाले, माओवादी सबै मिलेर मधेशी जनतामाथि गोली ठोकेर गर्नु भएको थियो ।
अधिकार, पहिचानको हत्या गरेर, विगतमा गरिएका सम्झौताहरूलाई रद्दीको टोकरीमा फालेर, नेपालको अन्तरिम संविधानलाई समेत ताकमा राखेर, त्यसभन्दा पनि पछि गएर संविधान बनाउने बेला गरिएको प्रतिगमन सच्चिएको छैन। त्यति बेला एक त प्रतिगमन गर्नुभयो नै आन्दोलन गर्ने आन्दोलनकारी नेताहरूलाई झुठा मुद्दा लगाएर जेलमा हालिदिनुभयो।
अहिले पनि रेशम चौधरी जेलमा नै छन्। लक्ष्मण थारूसहित सयौं नेताहरूमाथि अहिले पनि मुद्दा लागेकै छ। त्यस्तो अवस्थामा सहकार्य कसरी हुन्छ भनेर जवाफ दिएको थिएँ।
अहिले न तपाईंहरू बीच झगडा भएको छ। तीन वर्षदेखि त एउटै पार्टी थियो नि ! उपेन्द्र यादव त यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर दौडेर दुई बुँदे गरेर सरकारमा जानु नै भएको थियो । त्यतिबेला पनि हामीले यो सरकारले केही गर्दैन भनेर भनेका थियौं तर पनि उपेन्द्रजी सरकारमा गइहाल्नुभयो । त्यसले पनि केही भएन । उनले सरकार नै छोड्नु पर्यो। त्यसैले अहिलेसम्म केही नभएको अवस्थामा तपाईंसँग सहकार्य कसरी हुन्छ ? सहकार्य हुन सक्दैन।
त्यसपछि प्रचण्डले के भन्नुभयो ?
त्यसपछि हामी त छँदैछौं, संविधान अधुरो हो, अपुरो हो भनेर भनेकै हो । अनि फेरि मैले उहाँलाई भने कि तपाईंले त हामीलाई ३० दलीय गठबन्धनका बेला समेत साथ छाडेर गएकै हो । त्रुटिपूर्ण काम मात्र गर्नु भएन, संसद्मा समेत सबै काम ठीकठाक भइसक्यो भनेर भाषण नै गर्नुभयो भनेर सम्झाएँ । सब ठीकठाक भइहाल्यो भने अहिले किन कराइरहनु भएको छ । केही ठीकठाक भएको छैन ।
यो देश अहिले दुश्चक्रमा फसेको छ । गोलचक्करमा फसेको छ । देश कंगाल भइसक्यो । जनताले अधिकार पनि पाएन । विकास पनि भएन । काण्ड नै काण्डको सरकार बनाइदिनुभएको छ । यसरी देश चल्दैन । शासन र संविधान यो देशमा पटक–पटक फेर्ने, त्यसले केही पनि भएन ।
ढाकको तीन पात भने झैं, शासन र संविधान मात्र फेरिए तर समस्या समाधान भएन । किनभने शासकले आफू अनुकूल संविधान बनाएर आफू अनुकुल शासन सत्ता सञ्चालन गर्न मात्र केन्द्रित भए ।
आफ्नो स्वार्थ पूरा नहुने देखेपछि प्रतिगमन गरिहाल्ने। पहिले राजा महाराजाहरूले प्रतिगमन गर्थे अहिले नयाँ राजा महाराजाहरू नश्लवादी चिन्तन बोकेकाहरूले प्रतिगमन गरिहाल्छन् । फेरि नयाँ केपी ओली जन्मिँदैन भन्ने ठेगान छैन, यिनीहरूको । किनभने आन्तरिक औपनिवेशिक चिन्तनबाट २५० वर्षदेखि शासन गर्ने, जनतालाई गुलाम बुझ्ने मानसिकताबाट मात्र शासन चलाए।
अहिले आएर फेरि संविधान संशोधनको कुरा गर्नुहुन्छ । तर, प्रतिनिधि सभा विघटन भएपछि त्यही संविधानको रक्षाका लागि आन्दोलन गर्नुभएको थियो । अहिले संविधान अधुरो छ भन्नु दोहोरो कुरा भएन ?
त्यो संविधान अधुरो छ भनेर हामीले विरोध गर्दै आएका छौँ, ब्ल्याक डे मनाउँदै आएका छौं। तर, संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता उपलब्धि पनि यो संविधानमा भएकाले त्यसको रक्षा गर्नुपर्छ भनेर हामीले रक्षा समेत गरेको हो। तर, त्रुटि छ । संशोधन गर्नुपर्छ भनेर त हामीले भन्दै आएका छौं । त्यो त जबसम्म संशोधन हुँदैन तबसम्म भन्छौं, संघर्ष गर्छौं, आन्दोलन गर्छौं।
प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएको छ । त्यस्तो अवस्थामा तपाईंहरूको भूमिका के हुन्छ ?
हामीसँग सल्लाह नगरी ल्याएको अविश्वासको प्रस्तावबारे हामीलाई कुनै मतलब नै भएन। अब हाम्रो ध्यान केमा केन्द्रित छ भने संसद् त पुन:स्थापना भयो अब संसद्मा हाम्रो सवाल र मुद्दाको सम्बोधन कसले गर्छ, समाधान कसले दिन्छ ? त्यहाँ हाम्रो चासो छ। हाम्रो मुद्दाको सवालमा जसले साथ दिन्छ त्यसलाई हाम्रो पनि साथ हुन सक्छ। हामीले मुद्दाकेन्द्रित व्यवहार गर्ने हो। मुद्दामा साथ दियो भने सहयोग गर्ने हो, नदिए संघर्ष गर्ने हो।
अब सरकार कसरी बन्ला त ? सरकार निर्माणमा जसपाको कस्तो भूमिका हुन्छ?
नेकपा भनेको प्रतिगमनकारी वा अग्रगमनकारी पार्टी जे भने पनि एउटै पार्टी हो। एउटै पार्टीको दुई रूप छ। अहिले पार्टी फुटेकै छैन। एउटै पार्टी हो भने त अहिले पनि नेकपाकै सरकार छ।
पार्टी फुटेर आएको अवस्थामा सरकार कस्तो बनाउने भन्ने चाबी कांग्रेसको हातमा जान्छ। सरकार बनाउने चाबी हामीसँग छैन। त्यस्तो अवस्था आयो भने गणित कांग्रेसको पक्षमा जान्छ। कांग्रेसले पनि एक्लै सरकार बनाउन सक्दैन।
नेकपा फुटेको अवस्थामा जुन पार्टीले कांग्रेसलाई साथ दिन्छ, त्यसैको सहयोगमा कांग्रेसले सरकार बनाउन सक्छ ।
प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरा पनि आएको छ । तपाईंको विचारमा राजीनामा दिनु उचित कि संसद् फेस गर्ने कुरा ?
अदालतले नै प्रतिगमनकारी काम हो भनेर भनिदिएपछि संसद् पुन:स्थापनाको फैसला भएको दिन नै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने होइन र ? तर, यो देशमा राजनीतिमा नैतिकता छ र ? नैतिकवान व्यक्तिले आफैं व्यवहारमा देखाउने कुरा हो ।
यहाँ नैतिकताको खडेरी छ। नैतिकता पाइँदैन । अब ओलीलाई संसदबाट घोक्रेठ्याक लगाए मात्र हो । त्यसमा पनि अग्रगमनकारी पार्टी कुन हो र प्रतिगमनकारी पार्टी कुन हो भन्ने कुरा नछुट्टिँदासम्म समस्या भयो।
हुन त केपी ओलीले आफूलाई जति सफाइ दिएपनि उहाँ प्रतिगमनकारी हो भनेर (अदालतले) भनिसक्यो । अब प्रचण्डले पार्टी फुटाउनुपर्यो । पार्टी फुटाएपछि मात्र जसपाले केही निर्णय गर्छ । प्रचण्ड अग्रगमनकारी हो भने पार्टी फुटाएर आए हामीले अग्रगमनकारी शक्तिलाई साथ दिन सक्छौं। ओलीसँग हुँदा प्रचण्ड पनि प्रतिगमनकारी नै हो ।
भनेपछि संसद्मा नयाँ सरकार गठन गर्ने प्रक्रिया जटिल बन्ने भयो होइन ?
के गर्ने त ? नेपाली कांग्रेस र जसपा मिलेर नयाँ सरकार बन्ने अवस्था छैन। हामी ३४ सिट भएको पार्टीले मात्र केही गर्न सक्दैनौं । नेकपा फुटेको अवस्थामा कांग्रेसको सहकार्यमा मात्र नयाँ सरकार बन्न सक्छ । नेकपा फुटेर आयो भने हामीले मुद्दाको आधारमा समर्थन गर्ने हो।
त्यसो भए कांग्रेसको नै सरकार बन्ने हो त ?
जोसुकैको सरकार बनोस्, हाम्रो माग भने मुद्दामा नै केन्द्रित हुन्छ। नेपाली कांग्रेसबाट पनि पटक-पटक धोखा खाएकाले बडो सतर्कताका साथ हामीले सहकार्य गर्नुपर्छ । त्यही मुद्दा हामीले अगाडि राख्ने हो ।
जसपा नयाँ बन्ने सरकारमा जान्छ कि जाँदैन ?
मुद्दाका लागि प्रतिपक्षमा बस्ने हो। मुद्दामा समर्थन भयो भने मात्रै सरकारको लागि पार्टीले सोच्नसक्छ । ७ वर्षदेखि हामी (पूर्व राजपा पक्ष) सरकारमा गएनौं । जबसम्म मुद्दामा समर्थन हुँदैन तबसम्म जानु हुँदैन भनेर उपेन्द्रजीलाई पनि हामीले पनि भनेका थियौं, तर उहाँले मान्नुभएन । दुई बुँदे सहमति गरेर सरकारमा जनुभयो। तर, पछि अपमानित भएर फिर्ता नै आउनुपर्यो । सबै त्यही हो, आँखा चिम्लिएर भरोसा गर्ने अवस्था छैन।
ओली वा प्रचण्डलाई समर्थन गर्ने भन्नेमा राजपा मत विभाजित छ भन्ने कुरा आइरहेको छ । पार्टी नै फुट्न सक्छ भन्ने चर्चा पनि छ नि ?
जबसम्म पार्टी समायोजनको काम पूरा हुँदैन तबसम्म दुई पक्ष, समूह त रहिरहन्छ। पूर्व राजपा र पूर्व समाजवादी समूह त हुने नै भयो। समायोजन भएपछि पार्टी एक हुन्छ। अहिले पनि मुद्दा छाडेर, सवाल छाडेर सरकारमा जान उपेन्द्रजीले फेरि मरिहत्ते गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । आखिर मुद्दा छाडेर उहाँ पनि त जान सक्नुहुन्न नि !
अहिलेको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी वा दल अदलबदलसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेको छ । जसपाकै सांसदलाई लक्षित गरेर यस्तो अध्यादेश आउन सक्ने चर्चा पनि छ । त्यस्तो सम्भावना देख्नुहुन्छ?
कम्युनिस्ट र काँग्रेसबाट जनता थाकिसके । विक्षिप्त भएका छन् । त्यसकै विकल्पमा हामीले वैकल्पिक शक्ति बनाएका छौं । कांग्रेस, नेकपा छाडेर जसपामा कार्यकर्ताहरू आउन थालेपछि मिडियामा पनि प्रयोग गरेर हाम्रो पार्टी विभाजन हुँदैछ भनेर हल्ला फैलाउने काम गरिएको छ।
कुनै व्यक्ति चोइटिएर हाम्रो पार्टीबाट पनि जान सक्छन् । लोकतन्त्र, बहुदलीय व्यवस्था हो भने हाम्रो पार्टीमा जसरी अन्य पार्टीबाट हजारौं कार्यकर्ता आइरहेका छन् त्यसैगरी कोही व्यक्ति भने हाम्रोबाट पनि चोइटिएर जान सक्छन् ।
तर, अहिलेसम्मको स्थितिमा हाम्रो पार्टीको कुनै पनि सांसद् पार्टी छाडेर जाने अवस्था मैले देखेको छैन। पहिले समाजवादी पार्टी मात्र हुँदा त्यहाँबाट केही नेता तथा सांसद भाग्न खोजेका थिए तर राजपासँग एकता भएपछि भाग्न पाएनन् । त्यसैले अहिले पनि कोही भाग्नेवाला छैनन् । मिडियामा मात्र हल्ला फैलाइएको छ।
विगत ३ वर्षको अवधिमा संसद्ले पनि अपेक्षित काम गर्न सकेन । संघीयता कार्यान्वयनकै सवालमा पनि थुप्रै कानूनहरू बनाउन सकेन । अहिले पुन:स्थापित भएको संसद्ले राम्रा काम गर्ने सम्भावना देख्नुभएको छ?
देश फेरि नयाँ गोलचक्करमा फसेको छ । केही पनि हुनेवाला छैन। जनतालाई न्यायकर्ता बनाउनुपर्ने ठाउँमा पार्टीको कार्यकर्ता बनाइदियो। स्थानीय तहमा निर्दलीय चुनाव हुनुपर्नेमा पनि दलकै आधारमा चुनाव गराइयो। अहिलेको संरचनामा केही पनि हुनेवाला छैन। पुन:स्थापित संसद्ले पनि केही काम गर्छ भन्ने सम्भावना छैन ।
नयाँ सरकार बन्ने क्रममा के तपाईंको पार्टीबाट कुनै मधेशी नेता पनि प्रधानमन्त्री बन्न सक्ने वा चिट्ठा पर्न सक्ने अवस्था छ ?
राजनीतिमा केही कुरा असम्भव हुँदैन। हुन पनि सक्छ। तर, हाम्रो पार्टीले यो कुरा सोचेको छैन। त्यस्तो अवस्था आयो भने पार्टीले सोच्न सक्छ । तर, अहिलेसम्म हामीले त्यसबारेमा सोचेका छैनौं । त्यो अवस्था आएको पनि छैन।
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...