१४ असार २०८३, आइतबार

अमेजनले भारतमा ४८ अर्ब डलर लगानी गर्ने

असार १२, २०८३
काठमाडौं
अमेजनले भारतमा ४८ अर्ब डलर लगानी गर्ने

विश्वकै अग्रणी ई–कमर्स तथा प्रविधि कम्पनी अमेजनले भारतमा आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स र क्लाउड पूर्वाधार विस्तारका लागि सन् २०३० सम्म थप १३ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। यो नयाँ लगानी गत वर्ष घोषणा गरिएको ३५ अर्ब डलरको योजनाबद्ध कोषको अतिरिक्त हो, जसले सन् २०२६ देखि २०३० को अवधिमा भारतमा अमेजनको कुल लगानीलाई ४८ अर्ब डलर पुर्‍याउनेछ ।

यो घोषणाअमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार नयाँ दिल्लीमा भएको भेटवार्तापछि सार्वजनिक गरिएको हो। भेटपछि सामाजिक सञ्जाल 'एक्स' मा पोस्ट गर्दै अमेजनका सीईओ जसीले भनेका छन्, 'हामीले आगामी पाँच वर्षमा ४८ अर्ब डलर लगानी गर्दैछौँ, जसमा एआई र क्लाउड पूर्वाधारका लागि मात्रै २१ अर्ब डलरभन्दा बढी रकम समावेश छ।'

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार थप गरिएको १३ अर्ब डलरको लगानीले मुम्बई र हैदराबाद क्षेत्रहरूमा अमेजन वेब सर्भिसेजको डाटा सेन्टरको क्षमता विस्तार गर्न सहयोग पुर्‍याउनेछ। यसबाट स्टार्टअप, उद्यम तथा सरकारी सङ्गठनहरूले कस्टम एआई चिप्स, व्यवस्थित एआई सेवा, सुरक्षित एवं भरपर्दो क्लाउड प्रविधि र डेभलपर टूल्सहरूमा पहुँच पाउनेछन्, जसले गर्दा उनीहरूले तीव्र रूपमा नवप्रवर्तन गर्न, व्यवसायको दायरा बढाउन र विश्वव्यापी रूपमा ग्राहकहरूलाई सेवा दिन सक्नेछन्।

null

अमेजनले हालै देशैभरिका हजारौँ डेलिभरी एसोसिएटहरूलाई विभिन्न सुविधाहरू प्रदान गर्न सम्मान नामक कार्यक्रमको घोषणा गरेको छ। यस पहलअन्तर्गत कर्मचारीका छोराछोरीको शिक्षाका लागि छात्रवृत्ति, सरकारी सुविधा र वित्तीय समावेशीकरण कार्यक्रमहरूमा पहुँच, विस्तृत बीमा कभरेज र सडक सुरक्षाका उपायहरू समावेश गरिएका छन्। 

अमेजनको यस बृहत् लगानीले भारतको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्ने र लाखौँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। यससँगै सन् २०१० देखि २०३० को अवधिमा भारतमा अमेजनको कुल संचित लगानी ८८ अर्ब डलरभन्दा बढी पुग्नेछ।

salt training

कमेन्ट गर्नुहोस्