
तपाईंलाई देशविदेशका विभिन्न भोजनहरू चाख्न मन लाग्छ होला । हुन त विभिन्न रेस्टुराँहरूले अन्य देशका विभिन्न खानेकुराहरू पस्किन्छन् तर ती अचाक्ली महंगो हुन्छन् ।
यहाँँ हामी तपाईंलाई घरैमा विदेशी खाना बनाउन सिकाउँछौं ।
मेक्सिकन फ्राइड बनाउने विधि यहाँ प्रस्तुत गरिँदैछ ।
सामग्री
बास्मती चामल दुई कप
नून स्वादअनुसार
लसुनका पोटी ६ वटा
गाजर एउटा (काटेको)
प्याज एउटा (काटेको)
भेंडे खुर्सानी आधा (काटेको)
चिली सस (एक ठूलो चम्चा)
टोमेटो सस (एक ठूलो चम्चा)
रातो खुर्सानीको धूलो आधा चम्चा
उमालेको मकै आधा कप
तेल आवश्यकताबमोजिम
धनियाँको पात मसिनो गरी काटिएको
विधि
प्यानमा तेल तताएर लसुन र प्याज भुट्नुस् ।
भेंडे खुर्सानी, मकै र गाजर राखेर पाँच मिनेट पकाउनुस् ।
पाकेपछि अन्य मसलाहरू राखेर मज्जाले फिट्नुस् ।
मसलामा चामल राखेर आठ मिनेट पकाउनुस् ।
फ्राइड राइस तयार भयो । अब प्लेटमा राखेर धनियाको पातले सजाएर पस्किनुस् ।