२७ असार २०८३, शनिबार

चोरिएको भैसी अर्कैको घरमा भेटिएपछि हकदाबी पुर्‍याउन डीएनए परीक्षणको माग

फागुन २६, २०७७
चोरिएको भैसी अर्कैको घरमा भेटिएपछि हकदाबी पुर्‍याउन डीएनए परीक्षणको माग
प्रतिकात्मक तस्वीर

भारतको रामपुर जिल्लामा चोरिएको भैसी अर्कैको घरमा भेटिएपछि अचम्मको चर्चा शुरू भएको छ ।

मान्छेका आमाबुबा र सन्तान प्रमाणित गर्न डीएनए परीक्षण हुँदै आएकोमा अर्कैको रहेको भैसीमा आफ्नो हकदाबी गर्न पशुपालक किसान चन्द्रपालले डीएनए परीक्षणको माग गरेका छन् ।

भैसीमाथि २ पक्षबाट दाबी गरिएपछि प्रशासन समेत अलमलमा छ । त्यो भैसी कसको हो भनेर छुट्याउन सकिने कुनै आधार नभएपछि पशुपालक किसानले डीएनए परीक्षणको माग गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

किसानले भनेका छन्, ‘अर्कैको घरमा भेटिएको भैसीकी आमा मेरै घरमा छिन्, दुवैको डीएनए परीक्षण गरेमा वास्तविकता थाहा भइहाल्छ ।’ स्थानीय प्रहरी प्रमुखलाई निवेदन लेखेर किसानले भैसीको डीएनए परीक्षणको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्