२७ असार २०८३, शनिबार

झन् सुन्दरी बन्न सर्जरी गरेपछि यी युवतीको नराम्ररी पाक्यो नाक !

चैत ४, २०७७
झन् सुन्दरी बन्न सर्जरी गरेपछि यी युवतीको नराम्ररी पाक्यो नाक !

फेसनको जमानामा मान्छे सुन्दर देखिन अनेक उपाय निकाल्छन् । तर बेलारुसकी एक युवतीलाई यस्तै उपायले उल्टै बेफाइदा गरेको छ ।

बेलारुसकी २९ वर्षीया एनास्तसिया बलिङ्स्कया टेलिभिजन स्टार हुन् । उनले झन् सुन्दर देखिन सौैन्दर्य सर्जरी गर्ने निधो गरिन् ।

तर उनको सर्जरीले सुन्दरता बढाउनुको सट्टा झन् कुरुप पारिदियो । अहिले उनको नाक पाकेको छ भने पुनः अर्काे सर्जरी गर्न उनले साथीहरूसँग आर्थिक सहयोगको अपिल गरेकी छन् ।

सर्जरीमा गडबडी भएका कारण समस्या देखिएको एनास्तसियाले बताएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले इन्स्टाग्राममा आफ्ना नाक पाकेको फोटो राखेकी छन् ।

सर्जरीपछि उनको नाक सुन्निएको छ । तसर्थ नाक बचाउन उनले पुनः अर्काे सर्जरी गर्नुपर्ने भएको छ ।

डाक्टरले दिएको सल्लाह अनुसार उनले १–२ महिनाभित्रै अर्काे सर्जरी गराइसक्नुपर्नेछ । पुनः सर्जरी नगराए उनको पूरै नाक पाक्ने चेतावनी चिकित्सकले दिएका छन् ।

एनास्तसियाले सर्जरीका लागि आफूसँग पर्याप्त पैसा नभएकाले सहयोग गर्न अपिल गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्