जेठ १६, २०८०
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
चैत ९, २०७७
राजधानी काठमाडौं उपत्यकामा सडक फराकिलो हुँदाहुँदै पनि सुरक्षका लागि आवश्यक पूर्वाधारको अभावमा दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताएका छन् ।
‘उपत्यकाका कोटेश्वर लगायतका क्षेत्रमा फराकिला सडक त छन्, तर रोड फर्निचरहरू (रेलिङ, लेन मार्कर, जेब्राक्रसिङ आदि) नहुँदा पैदल यात्रु दुर्घटनामा परेको देखिन्छ,’ लोकान्तर डट्कम तथा लोकान्तर टीभीका लागि दिएको अन्तर्वार्तामा एसएसपी भट्टराईले भने, ‘सडक भएर मात्र हुँदैन, त्यसमा थप पूर्वाधारहरू पनि विकास गर्नुपर्ने हुन्छ, त्यो छैन ।’
दुर्घटना बढ्नुको कारण आवश्यक पूर्वाधार नहुनु र भएका पूर्वाधारको प्रयोग तथा अनुशासन पालना नगर्नु पनि रहेको उनको भनाइ छ । आकाशे पुलको प्रयोग नगर्दा र लेन अनुशासन पालना नगर्दा पनि दुर्घटना हुने गरेको उनी बताउँछन् ।
महाशाखाले सडकमा ‘प्लास्टिक कोन’ राख्न थालेपछि दुर्घटना कम भएको एसएसपी भट्टराईले दाबी गरे ।
‘हामीले कोटेश्वर–कलंकीलगायत स्पीडमा सवारी कुद्ने ठाउँमा कोन राख्न थालेपछि दुर्घटनामा कमी आएको छ,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने, ‘कोन राखेपछिको ३ महिनामा दुर्घटना निकै कम भएको छ ।’
महाशाखाले सवारीको गति बढी हुने ठाउँमा जिकज्याक बनाएर कोन राखेको छ भने पैदल यात्रुले सडक पारे गर्ने ठाउँमा सुरक्षित हुने हिसाबले कोन राखेको छ ।
महाशाखासँग भएको गति नाप्ने यन्त्र ‘राडर गन’ दिउँसोमा स्वयम्भु, कोटेश्वर, कलंकी लगायतका ठाउँमा प्रयोग भएको र त्यसबाट उच्च गतिमा सवारी कुदाउने चालकलाई कारवाहीको दायरामा ल्याएको एसएसपी भट्टराईले बताए ।
सडक विस्तार गर्दै फराकिलो बनाइएपनि सडकमै पार्किङ बनाउँदा समस्या भएको महाशाखाले जनाएको छ ।
‘सडक ठूला भएर मात्रै उपत्यकाको जाम कम हुने होइन, यहाँ सडकमा पार्किङ बनाउँदा समस्या भएको छ,’ उनले भने, ‘यसलाई महानरपालिकाले व्यवस्थापन गर्ने हो, त्यसका लागि हामीले समय–समयमा पहल गरिराखका छौं ।’
हेर्नुहोस्, ट्राफिक प्रहरी प्रमुख एसएसपी भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश :
फोटो/भिडियो : विश्वास खनाल/लोकान्तर
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...