०२ असार २०८३, मंगलबार

कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासनले भन्यो– भेला नगर्नू, जनस्वास्थ्यका मापदण्ड अपनाउनू

चैत १२, २०७७
कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासनले भन्यो– भेला नगर्नू, जनस्वास्थ्यका मापदण्ड अपनाउनू

कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । 

प्रशासनले बिहीवार सूचना जारी गरी फागु पूर्णिमा (होली) लगायत चाडपर्व मनाउँदा र अत्यावश्यक गोष्ठी, भेला, कार्यक्रम सञ्चालन गर्दा भीडभाड नगरी अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् । 
यस्तै अनावश्यक सभा, समारोह, सम्मेलन भेला नगर्न पनि आग्रह गरिएको छ । 

सबै किसिमका आवागमन, जमघटमा मास्कको अनिवार्य तथा उचित प्रयोग गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने, संक्रमणको जोखिमलाई ध्यानमा राखी पहिले सञ्चालनमा आएका क्वारेन्टीन तथा आइसोलेसन केन्द्रलाई सम्बन्धित निकायले तयारी अवस्थामा राख्नुपर्ने, सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, व्यावसायिक फर्म एवं बैंक तथा वित्तीय संस्थाले स्यानिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने सूचना जारी गरिएको छ । 

यस्तै, होटल रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायीले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी पर्याप्त सावधानी अपनाउनुपर्ने छ । 

सूचनाको अवज्ञा गर्ने वा गराउनेलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्