रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता शुरू

रेडियो नेपाल स्थापनाको ७१ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता बुधवार शुरू भएको छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पुर्‍याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गरे ।


Advertisement

उनले रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, संगीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पुर्‍याउँदै आएको बताए ।

संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रुचि र माग अनुसारका गीतसंगीत प्रस्तुत गर्दै आएको बताए ।


Advertisement

प्रतियोगितामा ३१ वटा गीतसंगीत प्रस्तुत गरिने छ । रेडियो नेपालको वार्षिकोत्सव चैत २० गते हुँदैछ । 

कमेन्ट गर्नुहोस्