भारतको उत्तर प्रदेशमा रहेको बुलन्दशहरस्थित कोतवाली खुर्जा नगर क्षेत्रमा एक विवाह मण्डपमा हंगामा भएको छ ।
सोमवार राति भइरहेको विवाहमा सिन्दूर लगाएपछि दुलहीले विवाहका अन्य कर्म गर्न मानिनन् ।
दुलहीलाई दुलाहा मन नपरेपछि दुई पक्षबीच चर्काचर्की परेको थियो ।
दुलाहाको जुन तस्वीर देखाइएको थियो, त्यसमा ऊ ह्यान्डसम देखिएको तर प्रत्यक्ष हेर्दा नराम्रो देखिएको दुलहीले बताइन् ।
त्यसपछि दुलाहा र दुलही पक्षबीच भनाभन भयो । विवाद चर्किंदै गएपछि मानिसहरूले प्रहरीलाई खबर गरे ।
मानिसहरूले दुलहीलाई सम्झाउने धेरै प्रयास गरे तर उनी मानिनन् ।
त्यसपछि दुलाहा जन्ती लिएर रित्तै घर फर्किए ।
विवाह मण्डपमा पुगेको प्रहरीले झैझगडा हुन चाहिँ दिएन ।
प्रहरीले आफूकहाँ कसैले पनि औपचारिक उजुरी नगरेको बताएको छ ।