२५ असार २०८३, बिहीबार

ब्राजिल : आफूहरूलाई प्राथमिकता दिएर कोरोना खोप लगाउन यौनकर्मीहरूको माग (भिडियो)

चैत २५, २०७७
ब्राजिल : आफूहरूलाई प्राथमिकता दिएर कोरोना खोप लगाउन यौनकर्मीहरूको माग (भिडियो)

ब्राजिलको एक शहरमा काम गर्ने यौनकर्मीहरू एक सातादेखि हडताल गरिरहेका छन् । 

उनीहरूले अन्य फ्रन्टलाइन वर्कर्स झैं आफूहरूलाई पनि प्राथमिकता दिएर कोरोनाभाइरसको खोप लगाउन माग गरिरहेका छन् । 

महामारीका कारण होटलहरू बन्द भएपछि बेलो होरिजोन्टे शहरमा हजारौं यौनकर्मीहरू सडकमा गएर ग्राहक खोज्न थालेका छन् । 

‘हामी अग्रपंक्तिमा छौं, अर्थतन्त्र चलायमान राखेका छौं र जोखिममा छौं,’ मिन्स गेराइस राज्यमा यौनकर्मी संगठनकी प्रमुख सिडा भिएराले एएफपी समाचार संस्थालाई बताइन् । 

‘हामीलाई खोप जरूरी छ ।’
 

भिएरा तथा अन्य महिलाले सोमवार होटलबाहिर सडकमा उभिएर प्लेकार्ड देखाएका थिए । ‘यौनकर्मीहरू पनि स्वास्थ्यकर्मी हुन्’ र ‘यौनकर्मीहरू प्राथमिकतामा पर्ने समूह हुन्’ भन्ने सन्देश प्लेकार्डमा लेखिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्