कविता जोशी सुदूरपश्चिम टीमबाट क्रिकेट खेल्छिन् ।
उनले क्रिकेट खेल्न थालेको बच्चैदेखि हो । शुरूमा दाइको पछि लागेर खेतमा पुगेर क्रिकेट खेल्थिन् ।
दाइकै प्रेरणाले २०६८ सालबाट उनले राष्ट्रिय स्तरका प्रतियोगिता खेल्न थालिन् ।
परिवारका अधिकांश सदस्यबाट सपोर्ट छ, तर बुवाले भने पढाइमा जोड दिनुहुन्छ ।
क्रिकेट र पढाइ दुईतिर हुँदा कविताले क्रिकेट नै रोजिन्, कहिलेकाहीँ भने किन पढाइ बिगारेछु भन्ने पनि लाग्ने रहेछ ।
पुरुषको तुलनामा महिलाका लागि खेलहरू नभएको उनको गुनासो छ । यस्ता कुराले मोरल डाउन हुने कविताले बताइन् ।
पर्याप्त खेलको कमी र पैसाको अभाव हुँदा कवितालाई खल्लो महशुस हुने रहेछ ।
पुरुष क्रिकेटरलाई जत्तिकै अवसर मिलोस् भन्ने उनको चाहना छ ।
बाँकी भिडियोमा :