१६ असार २०८३, मंगलबार

गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण छ : मुख्यमन्त्री गुरुङ

चैत २८, २०७७
गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्वारा आयोजित ४२ औं शिक्षक दिवस तथा संगठनको १३ औं जिल्ला अधिवेशनमा उनले राज्यका हरेक परिवर्तनमा शिक्षक वर्गले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

शिक्षकले पेशागत जिम्मेवारी र मर्यादालाई आत्मसात गर्नुपर्ने उल्लेख गर्दै उनले समाजमा एउटा आदर्शका रूपमा आफूलाई स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउन थालेपछि सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक अन्तरमा कमी भएको संकेत देखिएको छ,’ उनले भने, ‘सरकारलाई शैक्षिक क्षेत्रको सुधारका लागि बौद्धिक क्षेत्रबाट निरन्तर सहयोग तथा सल्लाह हुनुपर्दछ ।’

मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य भएको बताउँदै उनले त्यसका लागि तीनै तहका सरकार कटिबद्ध भएर अघि बढेको जानकारी दिए ।

नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीमा व्यक्ति नभई विधि, सिद्धान्त र पद्धति प्रमुख हुने विश्वास व्यक्त गर्दै वर्तमानमा देखिएको चुनौतिका लागि वाम बुद्धिजीवी संगठित भएर लाग्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्