कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मेरो एकजना साथीले आफूले सुत्ने कोठाको भित्ताभरी अतिथि आशनग्रहणको ब्याच टाँसेर सजाएको थियो।
मैले 'यस्तो के गरेको यार ? भनेर प्रश्न गर्दा 'पछि बुढेसकालमा म पनि यस्तो ठूलो मान्छे थिएँ कुनै जमानामा भनेर हेर्न हुन्छ' भन्थ्यो।
ब्याच मात्र हैन उनको भित्तामा अनेकथरीका प्रशंसा पत्र, कदर पत्र, स-धन्यवादका प्रमाणपत्र, कपडाको खादाहरू अनि मायाको चिनो लेखिएका विभिन्न सामग्रीहरू बडो मेहनतका साथ झुन्ड्याइएको थियो । एउटा त तक्मा पनि थियो। शायद उनी त्यही भित्तामा झुन्डिएका जीवनका उपलब्धिहरू हेरेर निदाउँथे, उठ्थे।
उनको कोठाको भित्तामा रेखा थापाको एउटा ठूलो आकारको फोटो पनि टाँसिएको थियो।
मेरो कोठाको भित्ता भने शून्य, शून्य थियो। दुई जोर थोत्रा पाइन्ट त्यो पनि झुन्ड्याउने ह्यांगर र दराज नहुँदा भित्तामा ठूलो काँटी ठोकेर काँटीकै सहारामा झुन्ड्याएको थिएँ। एकदिन त 'मेरो यस्तो राम्रो घरमा किन काँटी ठोकेको' भनेर घरबेटीले गाली गरे। अनि त्यसपछि भित्ता रित्तो भयो। पाइन्ट खाटमुनि गयो। कवि भूपि शेरचनले 'भित्ताको पनि कान हुन्छ' भने जस्तै मेरो भित्तामा भित्ताको कानबाहेक केही थिएन।
धेरै पछि देश, विदेश जाँदा हिँड्दा काठमाडौं लगायत पूर्व-पश्चिम जाँदा साथीहरूको बैठक कोठा भने निकै सजिएको पाएँ। तक्माहरू, पुराना फोटाहरू, प्राचीन कलात्मक फूल बुट्टाका चित्रहरू यस्तै यस्तै। ललितपुरको एकजना ठकुरी साथीको घरको भित्तामा त राजाको पालामा दिइएका दर्जनौं तक्मा थिए। उनको पुर्खा दरबारको सुसारे रहेछ। दरबारको सुसार गरेका कारण यतिधेरै तक्मा पाएका रहेछन्।
साथीहरूको घरमा त्यस्ता चिजहरू देखेयता मलाई पनि कसैले एउटा तक्मा दिए त हुन्थ्यो नि भन्ने लागेको हो। कसैले तक्मा दिए यसरी नै कोठाको भित्तामा सजाएर राख्ने थिएँ । आफू ठूलो मान्छे भएको, राष्ट्रले सम्मान गरेको व्यक्तित्व भएको भनेर गम खाएर हिँडाइ, बोलाइको चालढाल नै फरक निकाल्ने थिएँ जस्तो लाग्छ। तर अहँ कहीँ कतैबाट तक्माको अफर अहिलेसम्म आएको छैन।
अस्तिका दिन आफैँले चिनेजानेका मानिसहरूले राष्ट्रपति कार्यलय पुगेर तक्मा थापेका रहेछन्। म त सुतेको थिएँ, थाहै भएन। बेलुकीपख यसो सामाजिक सञ्जाल हेरेको दौरा, सुरुवाल लगाएर घाँटीमा भैँसीको भेल जस्तै तक्मा झुन्ड्याएर भटाभट हार्दिक बधाई तथा शुभकामना प्राप्त गरिरहेका रहेछन् । एकजनालाई 'बधाई छ हजुरलाई' भनेर शुभकामनाको कमेन्ट पनि गरें।
तर उनलाई देशका लागि के कति महान काम गरेको हो र तक्मा पाउनु भयो? भनेर प्रश्न गरिनँ। किनकी उनको महान काम भनेको एउटा झोला बोकेर यताको कुरा उता लगाउने, उताको कुरा यता लगाउनेबाहेक अरू देख्दिनँ। तर मन्त्री संसदहरूलाई पनि उनले दाइ भनेर सम्बोधन गर्ने ल्याकत भने राख्छन्। सिधै फोन गर्न सक्छन्। यस्तो लाग्छ, नेताहरू आफ्ना दाइ समानको हुनु, सिहंदरबारको कुनाकुनामा सहजै प्रवेश पाउन सक्नु, बालुवाटारको ढोकामा चेकजाँच नहुनु नै तक्मा पाउने योग्यता रहेछ।
तक्मा त कुनै ठूलो लडाईंमा बहादुरी प्रदर्शन गर्नेहरूले पाउँछन् भन्ने सुनेको थिएँ। देशका निम्ति आफूलाई बलिदान गर्न तयार भएकाहरूले पाउँछन् भन्ने सुनेको थिए। तर म गलत रहेछु। तक्माकै अपमान हुने गरी कोही कसैलाई किन सम्मान हुन्छ मैले बुझ्न सकिरहेको छैन।
राजनीतिक दललाई चुनावमा पैसा दिने काला व्यापारीहरूले पनि घाँटीमा तक्मा भिरेको देखें। के मेडिकल समानताका लागि दर्जनौंपटक अनशन बस्ने डा. गोविन्द केसीले तक्मा पाए र ?
तक्मा पाएका अधिकांश मनुवाहरूभन्दा मेरो योगदान कहाँनेर कम छ र ?
जनयुद्धदेखि जनआन्दोलनसम्म कुनै न कुनै भूमिकामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि संघर्ष गरेर हिँडेकै छु। समानता, समावेशीका पक्षमा, अन्याय अत्याचारको विरुद्धमा नाम चलेकै अनलाइनमा नियमित स्तम्भ लेखेकै छु। लाखौं पाठकहरूको वाहवाही पाएको छु। म जस्तो ठूलो लेखक को छ नेपालमा ? म जस्तो राम्रो साहित्यकार को छ नेपालमा? म के कति कारणले तक्मा पाउन अयोग्य भएँ ?
हो, मैले हजुरहरूको जी हजुरी गर्न सकिनँ होला । हुक्के, चिलिमे, छाते बनेर चाकडी गर्न सकिनँ होला। दाइ मलाई पनि यसपालि जसरी पनि सिफारिश गर्नुपर्यो है भनेर खिस्स दाँत देखाउन सकिनँ होला। आफूले गरेका नक्कली योगदानको फाइल बोकेर हजुरको किचनभित्र अचानक घुस्न सकिनँ होला । आफ्नो जिम्मेवारी कूशलतापूर्वक पूरा गर्न नसक्ने कतिपय पूर्व प्रशासकदेखि चम्चागिरी गर्ने र पत्रकारिताभन्दा हनुमानकारिता गर्नेहरूले तक्मा पाए। तर दु:खको कुरा मैलै पाइनँ। एउटा तक्मा कृपा गरेर मलाई पनि दिइबक्सियोस् न सरकार !
सुनेको हो, पूर्व मन्त्रीकी श्रीमतीले प्राज्ञ, गीतकार र साहित्यकारको विशेषणसहित सुप्रबल जनसेवाश्री पाइन् । उनले कुन गीत लेखेकी हुन्, मैले अहिलेसम्म सुनेको छैन। उनलाई कसले चिनेको छ ? आज दिलनिशानी मगरको नाम वरिष्ठ स्तम्भकारको हैसियतमा संसारभरी हाइहाइ भैसक्यो। सबैले मलाई देशको गहना हौ भन्न थालिसके । के मैले एकथान तक्मा पाउनु पर्दैन र ?
यहाँनेर मैले अन्टसन्ट कुरा गरेर सरकारको सिफारिशमा तक्मा वितरण गर्ने महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको आलोचना गर्न खोजेको हैन, तर उहाँको प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, राष्ट्रपति कार्यालयकै सचिव भूपेन्द्र पौड्याल, उपराष्ट्रपति कार्यालयका शाखा अधिकृत सुमनकुमार कार्कीले पनि तक्मा पाए। तर म जस्तो भूमिपूत्र, देशलाई माया गर्ने चर्चित स्तम्भकारले तक्मा पाउन सकिनँ। कतै संसद् विघटनलाई असंवैधानिक कदम, प्रतिगामी कदम भनेर लेखेर भाइरल भयो भनेर तक्मा नदिएको त हैन ?
जसले तक्मा पाउन आफू अयोग्य छु भनेर आफैँ लाज मानेका छन्, तिनले तक्मा फिर्ता गर्ने घोषणा पनि गरेका छन्। तिनीहरू तक्माबाट हैन जनताको मनबाट विभूषित भएका छन्। कुनैपनि चिज हजम हुनुपर्छ। भोक लाग्यो भन्दैमा सुन खान सकिन्न, किनकी सुन हजम हुँदैन।
केही पत्रकार, लेखकहरूले पनि तक्मा पाएका छन्, तर हजम नहुने गरी। तिनको विशेष योगदान के हो र? बरु गजेन्द्र बुढाथोकी नाम गरेका शारिरिक रूपमा अशक्त पत्रकारले संघर्षशील यात्रा गरिरहेका छन्, तिनले तक्मा पाएका छैनन्। कुनै क्रसचेक गर्नु नै पर्दैन।
ल च्यालेञ्ज नै भयो टुँडिखेलमा बसेर बहस गरौं, यो देशका लागि तिनको भन्दा मेरो योगदान कति हो कति फरक छ, आकाश पातलकै फरक छ भन्या ।
पशुपतिनाथको कसम मेरो अगाडि तक्मा पाउने कतिपय त केही हैनन्, मुसा, बिरालो, भ्यागुताजस्ता हुन्। तर तक्मा त पाए । केवल उनीहरूले मात्र तक्मा पाएको कुरा हैन नियालेर हेर्नुभयो भने ६० प्रतिशत तक्मा पाएका मानिसहरूको अनुहार देख्दा तपाईंलाई कि हाँसो लाग्ने छ, कि त रिस उठ्ने छ। यो स्तम्भचाहिँ हँसमुख चेहरा बनाएर नै लेखेको हो है।
तक्मा पाउन आफ्नो नातापाता शक्तिमा हुनुपर्छ। राजनीतिक कनेक्सन बलियो हुनुपर्छ। सिफारिशका लागि शक्ति केन्द्रतिर धाउनुपर्छ। अन्तिम फाइनल लिस्टमा आफ्नो नाम पर्यो कि परेन भनेर तारन्तार सोधिरहनुपर्छ । फोन नहुने म्यासेज भए पनि यसो टुच्च दिइरहनु पर्छ। दाइको फोन उठेन भने भाउजूलाई फोन गरेर भए पनि यसो इमोसनल 'कड सी' दिइहाल्नुपर्छ।
तक्मा पाएका मानिसहरूको यसो अनुहार हेर्छु, तिनको योगदान के रहेछ भनेर खोजी गर्छु, अहँ त्यस्तो महान कार्य, त्यस्तो महान योगदान, त्यस्तो महान कर्म केही देख्दिनँ।
देख्छु त केवल राम्रै कनेक्सन, सम्बन्ध र चाकडी । के राष्ट्रिय स्तरमा नि विभूषणहरू चिनजानकै कारण वितरण गरिने हुन् ? यसकारण यो तक्मा भन्ने सामन्तवादी प्रचलन नै अन्त्येष्टि हुनुपर्छ। अन्यथा शक्ति र सत्ताको दुरुपयोग गरी आफन्त, नातेदार, इष्टमित्र, राजनीतिक कार्यकर्ता, पार्टी एवं नेता विशेषका चन्दादाताहरूले पाउने तक्मा बनाउनका लागी राज्य कोषको करोडौं रकम नोक्सान भइरहेको छ।
सुनिन्थ्यो, पञ्चायतकालमा राजा नै सबै मानपदवीका परमाधिपति हुन्थे । तक्मा पाउनका लागि वर्षदिन अगाडिदेखि कसरत हुन्थ्यो । जी हजुरी चल्थ्यो । एकबारको जुनीमा मण्डलेहरू तक्माका लागि तलुवा स्पर्श गर्न पनि राजी थिए।
राजाले चाहेमा रानीलाई नै पृथुलाधीश पनि तोक्न सक्थे । विभूषण समितिको बैठक पनि राजदरबारमै बस्थ्यो । अहिले अपवादबाहेक ठीक त्यस्तै भएको छ। तक्माहरू उही पुरानै शैलीमा आफ्नै खल्तीबाट झिकेर घरमा पाहुना हुन आएकाले केटाकेटीलाई बिस्कुट वितरण गरेजस्तै वितरण गरिएको छ ।
हुन त आफ्नो गुनगान गाउने भजनमण्डलीलाई एकथान तक्मा दिने चलन पञ्चायतकालबाट शुरू भएको हो । राणाकालमा राणाजीहरू प्रसन्न हुनेबित्तिकै आफ्ना बफादार अन्यायी, नोकर/चाकरहरू, समर्थकहरूलाई तक्मा बक्सिस दिन्थे । अहिले ओलीजीहरू, बादलजीहरूलाई खुशी पार्न सके तक्मा भन्ने चिज लिन्न भन्दा पनि लिन बाध्य भइन्छ।
बालुवाटारको बक्सिस राणाजीहरूको बक्सिस जस्तै छ। किनकी फूलचोकीको घना जंगलमा हप्तौंदेखि हराएको बच्चा भेट्टाउने साहसीहरूलाई तक्मा दिइएको थिएनन्। तिनीहरू यो देशका जनता थिए, बालुवाटारको रजौटा थिएनन् ।
तक्मा पाएकामध्ये केही नगन्य व्यक्तित्वहरू तक्माका वास्तविक हकदार पनि छन्, उनीहरूप्रति भने मेरो सम्मान छ । जे होस्, एकबारको जुनीमा ज-जसले तक्मा पाएका छन्, तिनीहरूले आफूले किन यसरी तक्मा पाएको हो एकपटक कोठामा एक्लै भएको बेला आफैंलाई प्रश्न गरून् है !
अँ साँच्ची, मलाई तक्मा नदिने भन्या ?
तर मलाई दिने तक्माभित्र चाहिँ नेपालको चुच्चे नक्सा हुनैपर्छ नि !
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...