३१ असार २०८३, बुधबार

यसरी बनाउनुस् स्वादिष्ट दही आलु

बैशाख २, २०७८
यसरी बनाउनुस् स्वादिष्ट दही आलु

गर्मीमा दही आलु खान मज्जा आउँछ । यसको रेसिपी यसप्रकार छ ।

सामग्री
घ्यू दुई ठूलो चम्चा

जीरा एक सानो चम्चा

आलस तीनवटा (उमालेको)

मरिच एक सानो चम्चा
 

सीधे नून आधा चम्चा

हरियो खुर्सानी एउटा (मसिनो गरी काटेको)

पानी एक कप

दही एक कप

विधि
प्यानमा घ्यू तताएर त्यसमा जीरा र मरिच भुट्नुस् । 

त्यसमा आलु र सीधे नून राख्नुस् । 

आलु फ्राई गर्नुस् । 

अर्को प्यानमा घ्यू तताएर जीरा, हरियो खुर्सानी र अदुवा भुट्नुस् । 

अब त्यसमा दही र पानी हालेर ग्रेभी बनाउनुस् । 

त्यसमा आलु राखेर मोल्नुस् । 

अब त्यसलाई थालमा राखेर पस्किनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्