×

NMB BANK
NIC ASIA

जुम्लामा धमाधम बिरामी हुँदै विद्यार्थी

बैशाख ३, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् ।

Muktinath Bank

वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरामी परेका छन् ।


Advertisment
Nabil box
Kumari

विद्यालयमा वार्षिक परीक्षा चलिरहेका बेला विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय अहिले बन्द गरिएको छ । उनीहरूमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माविका  प्रधानाध्यापक जनक रावतले बताए । उनले भने, ‘अज्ञात रोगले विद्यार्थी थला परेका छन् । परीक्षा प्रभावित बनेको छ । गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका छन् ।’

Vianet communication
Laxmi Bank

विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले बताए । बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ ।

विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रसित अवस्थामा छ । समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले बताए ।

‘गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तीव्ररूपमा गाउँ नै थला पार्न थालेको छ,’ वडाध्यक्ष रावलले भने, ‘तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ । अहिले यहाँ अत्यधिक वायु प्रदूषणले पनि यो समस्या खडा गरेको छ ।’

लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन् ।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईँका अनुसार मौसमी रुघाखोकी फैलिएको हो । यसको रोकथामका लागि आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य संयोजक चौलागाईंले बताए । रोगले गाउँ नै प्रभावित भएको जानकारी प्राप्त भएपछि स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाकाले बताए ।

गाउँमा डेढ सय बालबालिकाको स्वास्थ्य परीक्षण भएको छ ।  मौसमी रुघाखोकी फैलिँदा बालबालिका बिरामी परेको भन्ने बुझिएको छ । आवश्यक औषधि उपलब्ध गराई उपचार गरेको प्रमुख सापकोटाले बताए ।

चन्दननाथ नगरपालिका–४ का स्थानीय अप्सरा न्यौपानेले भनिन्, ‘मेरो बच्चा पनि अहिले बिरामी छ, विद्यालयबाट बिरामी भएर आयो । बच्चाको स्वास्थ्य जाँच चिकित्सकले सामान्य रुघाखोकी हो भन्नुभएको छ, मेरो छिमेकीका बच्चा अहिले १/२ गरेर बिरामी परेका छन् ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x