१५ असार २०८३, सोमबार

शिक्षकलाई कोरोना संक्रमण भएपछि विद्यालय बन्द

बैशाख ३, २०७८
शिक्षकलाई कोरोना संक्रमण भएपछि विद्यालय बन्द

शिक्षकलाई कोरोना भाइरस संक्रमण भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि शुक्रवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

विद्यालयका प्रधानाध्यापकलाई मंगलवारदेखि कोभिड–१९ संक्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सहायक प्रधानाध्यापक तिलकबहादुर दङ्गालले जानकारी दिए ।

उनको सम्पर्कमा आएका शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीसहित २२ जनाको शुक्रवार जिल्ला स्वास्थ्य कार्यालयबाट आएका स्वास्थ्यकर्मीले विद्यालयबाटै स्वाब संकलन गरेर लगेका छन् । त्यसको रिपोर्ट आइतवारसम्म आइपुग्ने बताइएको छ ।

संक्रमित शिक्षक अहिले काठमाडौंमा होमक्वारेन्टीनमा रहेका शिक्षक ताराबहादुर श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्