
काठमाडौं, १४ जेठ — शुक्रवार भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करको जीवनीमा आधारित फिल्म सचिन अ बिलियन ड्रीम्स रिलिज भयो । 
प्रायः बलिउडका निर्देशक र कलाकार आफ्नो फिल्म प्रमोसन गर्न द कपिल शर्मा शो पुग्ने गरेका छन् । तर सचिन फिल्म प्रमोसन गर्न गएनन् ।
खबरहरूका अनुसार कपिल र उनको टीमले सचिनलाई शोमा ल्याउनका लागि भरमग्दूर कोशिश गरेका हुन् तर उनीहरू निराश भए ।
सचिनले कपिलको टीमलाई आफ्नो फिल्म हिन्दी भाषाको शोमा प्रमोसन नगर्ने बताए । सचिनले मराठी शोहरूमा चाहिँ फिल्मको प्रमोसन गरेका छन् ।
कपिलको शोमा आमिर खान, रजनीकान्त, सञ्जय दत्त, श्रीदेवी लगायतका प्रमुख कलाकार आउन बाँकी नै छ ।
एजेन्सी