
अमेरिकाको ब्र्रूकलीनमा प्रहरीले ट्राफिकमा एक चालकलाई रोक्दा ती चालकले प्रहरीमाथि रसायन र पेट्रोल बम प्रहार गरेका छन् ।
आरोपितलाई केही समय लखेटेपछि पक्राउ गरिएको थियो । उनको नाम लियोनेल भर्जिल भएको स्थानीय सञ्चारमाध्यमले खबर दिएका छन् ।
शनिवार उनले रातो बत्तीमा समेत गाडी कुदाएपछि प्रहरीले रोकेका थिए ।
न्युयोर्क प्रहरी विभागले जारी गरेको बडीक्याम फूटेजमा एक अधिकारी भर्जिलको कार नजिक आएको र उनीसँग लाइसेन्स र बिलबूक मागेको देखिन्छ । आफूसँग कागजात नभएको ती व्यक्ति बताउँछन् ।
त्यसपछि उनी चालकतिरको ढोका खोल्छन् र प्रहरीको अनुहारमा रसायन फाल्छन् । त्यो ब्लीच वा पेरोक्साइड हुन सक्ने बताइएको छ ।
प्रहरी अधिकारी आफ्नो गाडीतिर दौडिन्छन् र भन्छन्, ‘ओ, शिट ।’
त्यति गरेपछि आरोपितले गाडी कुदाएको प्रहरीको भनाइ छ । त्यसको केही मिनेटपछि भर्जिललाई अन्य अधिकारीहरूले समात्न कोशिश गरेका थिए ।
पक्राउ नपर्नका लागि भर्जिलले प्रहरीको गाडीतर्फ पेट्रोल बम फालेका थिए । त्यो बम प्रहरीको गाडीमा ठोकिएर सडकमा चकनाचुर भएको थियो ।
त्यसपछि उनी भाग्न खोजेका थिए अनि रोकिरहेको वाहनमा आफ्नो गाडी ठोक्न पुगेका थिए । तर उनलाई हत्कडी लगाइएको थियो ।
उनको कारको तलाश गर्दा प्रहरी थुप्रै पेट्रोल बम फेला पारेको थियो । भर्जिलका भाइसँग कुरा गर्दा उनमा मानसिक असन्तुलन रहेको थाहा भयो । उनलाई एक महिनाअघि पक्राउ गरेको र त्यसपछि उनी कारमै बसिरहेको पाइयो ।
Today, a vehicle stop for running a red light proved once again that no traffic enforcement is “routine.” When approached, the driver doused a cop with a chemical before fleeing, tossing a Molotov cocktail — and finally being arrested. Fortunately, our officers weren’t injured. pic.twitter.com/WBDt89b7F6
— NYPD NEWS (@NYPDnews) April 17, 2021