०१ असार २०८३, सोमबार

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

बैशाख ६, २०७८
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आह्वान
फाइल फोटो

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन डाँकिएको छ । 

प्रदेश प्रमुख अमिक शेरचनले आगामी वैशाख १३ गतेका लागि प्रदेशको विशेष अधिवेशन बोलाएका हुन् । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) ले विशेष अधिवेशनको माग गरेका थिए । 

त्यसअघि संसदको चालू सातौं अधिवेशन मुख्यमन्त्री गुरुङले वैशाख १ गते मध्यरातदेखि लागू हुने स्थगित गरेका थिए । 

प्रदेश सभामा ६० सदस्य छन् । तीमध्ये मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका २, राष्ट्रिय जनमोर्चाका ३ तथा स्वतन्त्र १ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्