२२ असार २०८३, सोमबार

दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा नजिकैको गाउँ ससुराली पुगे दुलाहा

बैशाख १५, २०७८
दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा नजिकैको गाउँ ससुराली पुगे दुलाहा

बिहे समारोहलाई भव्य बनाउन सामान्य तडकभडक त हुने गरेको छ । तर दुलहीको सपना पूरा गर्नकै लागि हेलिकप्टरमा बिहे लगेर ससुराली पुगेको घटना भारतको राजस्थानमा भएको छ ।

राजस्थानको भरतपुरमा दुलहीको सपना पूरा गर्न हेलिकप्टरमा बिहे लगेर दुलाहा ससुराली पुगेका छन् । हेलिकप्टरमा आएको बिहे हेर्न गाउँमा सर्वसाधारणको भीड लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुलही रमा र दुलाहा सियारामको गाउँ नजिकै भएपनि सपना पूरा गर्नका लागि हेलिकप्टर प्रयोग गरिएको छ । मंगलवार रमा र सियारामको बिहे धुमधामसँग भएको छ ।

दुलही रमाले आफू हेलिकप्टरमा चढेर ससुराली जाने सपना रहेको बताएपछि सियारामले त्यसको व्यवस्थापन गरेका थिए ।

सियाराम हुलाक विभागमा कार्यरत कर्मचारी हुन् । दुलहीको इच्छा पूरा गर्न हेलिकप्टर प्रयोग गर्दा थप ६ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्