२६ असार २०८३, शुक्रबार

जाजरकोटमा वैशाख १८ देखि २५ गतेसम्म निषेधाज्ञा

बैशाख १५, २०७८
जाजरकोटमा वैशाख १८ देखि २५ गतेसम्म निषेधाज्ञा

कोभिड–१९ को नयाँँ भेरिएन्टसहितको सङ्क्रमण तीव्ररुपमा बढ्दै गइरहेको भन्दै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि यही वैशाख १८ गते शनिबार राति १२ः०० बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

    जिल्ला कोभिड व्यवस्थापन केन्द्र, सर्वदलीय सर्वपक्षीय समन्वयात्मक बैठक र जिल्ला सुरक्षा समितिको बैठकलाई मध्यनजर गदै कोभिड–१९ को सङ्क्रमण फैलावटको साङ्गलो तोड्न, सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम वैशाख १८ गते राति १२ः०० बजेदेखि वैशाख २५ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

    बैंक तथा वित्तीय सेवा, सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको उल्लेख गरिएको छ । तरकारी, खाद्य, दूध र ग्यासका पसल भने बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म सञ्चालन गर्न दिइने उल्लेख छ । साथै एटीएम सेवा, औषधि पसल, एम्बुलेन्सलगायतका सेवा भने खुला हुने छन् ।

salt training

कमेन्ट गर्नुहोस्