×

NMB BANK
NIC ASIA

चर्चामा गण्डकी प्रदेशका नवनियक्त मन्त्री

नवनियुक्त युवा तथा खेलकुदमन्त्री दिपक मनाङेको पहिलो दिन कसरी बित्यो ?

बैशाख १७, २०७८

NTC
Premier Steels

सधैं चर्चामा छाइरहने पात्र हुन्, राजीव गुरुङ (दीपक मनाङे) । विगतमा गुण्डागर्दी क्रियाकलापमा होस्, स्वतन्त्रबाट चुनाव लडेर गण्डकी प्रदेशसभामा ‘माननीय’ बन्दा होस् वा अहिले मन्त्री बन्दा । उनी चर्चामा छाइरहे । 

Muktinath Bank

यसरी पचासको दशकपछि क्रमशः गुण्डा–सांसद–मन्त्री पदको उपमा पाउने विरलै मान्छेमा पर्दछन्, नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ । 
आफूविरुद्ध अविश्वासको प्रस्ताव किनारा नलाग्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको निगाहामा राजीवलाई मन्त्री चिठ्ठा परेको हो ।  मनाङ जिल्ला क्षेत्र (ख) बाट २०७४ सालको प्रदेशसभा तत्कालीन नेकपा एमालेको समर्थनमा स्वतन्त्र रुपमा चुनाव लडेका थिए राजीवले । त्यसबेला आफूलाई लगाएको गुन तिर्नु थियो त्यसैले यो सरकार ढल्ने निश्चितप्रायः भइकन पनि मुख्यमन्त्रीको गुन तिर्न भन्दै मन्त्री बनेको उनको स्पष्टोक्ति छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रदेशमा २ मन्त्रालय खाली हुँदाहुँदै सामाजिक विकास मन्त्रालय फुटाएर बिहीबार साँझ उनलाई मन्त्रीको शपथ खुवाइएको थियो । मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । उनलाई मन्त्री बनाइएको बारेमा सामाजिक सञ्जालमा बेस्मारी टीकाटिप्पणी छाइरहँदा नवनियुक्त मन्त्रीले भने आफू दुई हप्तासम्म रहने भए पनि देखिने गरी काम गर्ने बताएका छन् । 
मन्त्रालय सम्हालेको पहिलो दिन मन्त्री राजीव गुरुङको व्यस्तता एक्कासी बढ्यो ।


Advertisment
Nabil box
Kumari

लोकान्तरसँग मन्त्रालय कक्षमै कुराकानीका क्रममा उनले भने, ‘अहिलेसम्म ४ वटा योजना छिनोफाटो लगाइसकें । चाहने हो भने छोटो अवधिमा पनि धेरै काम गर्न सकिन्छ ।’ पहिलो दिन खादा, माला र बुकी बोकेर शहीद चोकस्थित मन्त्रालय धाउनेहरू धेरै देखिए । मन्त्रीले पनि छक्क पर्दै भने, ‘अहिलेसम्म साढे ३ सय जना आइसक्नुभयो ।’ 

Vianet communication

उनले अगाडि भने, ‘सधैं १० बजे उठ्ने म आज ८ बजे नै उठें । कार्यालय समयमै मन्त्रालय आएँ । खेलकुद क्षेत्रका व्यक्तिहरूसँग भेटघाट भो । बेलुका जिल्ला खेलकुद विकास समितिको पदाधिकारीको शपथमा जानु छ । भोलि शनिवार हो । तै पनि म व्यस्त हुन्छु । धेरै सेड्युल छ ।’ 

उनका अनुसार मन्त्रालय सम्हालेको पहिलो दिन फस्ट आवरमै गण्डकी प्रदेशका प्रमुख सचिवसँग कुराकानी भयो । पहिलेका मन्त्रीले के–के गरेका छन्, बाँकी काम गर्नुपर्नेछ र चाँडो काम सकेर बजेट फ्रिज नगर्नेबारे कुराकानी भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा गण्डकी प्रदेशका नवनियुक्त खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङसँग कुराकानी भयो । नियुक्तको २ महिना हुन लाग्दा उनीहरूको अफिस अहिलेसम्म छैन । रंगशालाभित्र बनाउनेबारे निर्णय भयो । अफिसको डिसिजन भयो । मन्त्रालयमा अलिकति १ करोड ५० लाख पैसा रहेछ । स्पोर्टस्का लागि आएको पैसा स्पोर्टस् खर्च गर्ने हो । प्रदेशका एघार जिल्लाबाट छानिएर आउने खेलाडीलाई यहाँ खान, सुत्ने व्यवस्था मिलाउनका लागि क्लोज क्याम्पमा राख्न खर्च गर्नेबारे सल्लाह भयो । उनका अनुसार खेलाडीलाई क्लोज क्याम्पमा २ महिना तालिम त गर्नुपर्छ । १ हप्ता राखेर हुँदैन । युवालाई केही काम सिकाउने, स्पोर्टस् म्यानलाई अघि बढाउने भन्ने छ । प्रदेशको खाली जग्गा मन्त्रालयभित्र ल्याउनुपर्‍यो । सुकुम्बासी बसिदेला रे, सब्जीमन्डी खोलेर त भएर नि ! 

सरकार ढल्ने निश्चितप्रायः जस्तै हुँदा पनि केही समयको लागि मन्त्री बन्नु पदलोलुपता हैन र ? उनले भने, ‘हामीले कहिले पनि सोच्नु हुँदैन कि ५ वर्षका लागि मन्त्री बन्ने तर ५ महिनाका लागि नबन्ने । हामीहरू यही कामका लागि चुनिएर आएका हौं । जनमोर्चाले सरकारलाई यदि सहयोग गरेन भने अवश्य यो सरकार जान्छ । यो त लाटालाई पनि थाहा भएको कुरो हो । खाली मानिसले नबोलेको मात्र हो । मैले बोल्दिएँ । बढीमा २ हप्ता हो । आँखिर प्रक्रिया त भइहाल्छ । यदि यो सरकारको राम्रो कुराको लागि समर्थन गर्‍यो भने प्रोब्लम नआउला यदि त्यसो भएन भने प्रोब्लम त आयो । हामीले बाहिर बसेर धेरै मन्त्रीहरूलाई डायलग हानिरहेका हुन्छौं । मानिसलाई बाहिर बसेर गाली गर्नु हुँदैन । टीभी हेरेर रिसाउनु हुन्न । जानुपर्छ त्यो ठाउँमा । कस्तो हुँदो रहेछ बुझ्नुपर्छ । काम गर्नका लागि १५–२० दिन धेरै हो । किनकि हिजो राति हामीले एउटा (योजना) पास गरिसकेका छौं । आज ३ वटा ओके भइसकेको छ । चाहने हो भने हुँदो रहेछ । मन्त्रीलाई डायलग मात्र हान्नु हुँदैन । सके बसौंला, नसके छोडौंला ।’

मन्त्री मनाङे चढ्ने गाडीविगतमा गुण्डागर्दीमा लागेको र अहिले आएर मन्त्री बनेकोबारे सामाजिक सञ्जालमा प्रशंसाभन्दा गाली बढी आएको जिज्ञासामा उनले भने, ‘कसैले मान्छ, कसैले मान्दैन । आ–आफ्नो कुरो हो । भगवान्मा पनि हामीहरूमध्ये कसैले शिवलाई मान्छौं, कसैले विष्णुलाई मान्छौं । कसैले बुद्धलाई मान्छ । बुद्ध मान्नेले भगवान् विष्णु मान्दैन । यो थाहा भएको कुरा हो । जिसस क्राइस्टलाई हामी मान्दैनौं, जिसस मान्नेले हिन्दूलाई क्रिटिसाइज गर्छन् । यो भनेको यस्तै हो । क्रिटिसाइज ठूलोे मान्छेलाई गरिन्छ । प्रधानमन्त्रीको क्रिटिसाइज हुन्छ, रिक्सावालाको त कसैले गर्दैन । अब यो बुझ्नोस् हाम्रो क्रिटिसाइज शुरू भयो भने हामीहरू ठूलोे मान्छे भएछौं ।’

पोलिटिक्स आफ्नो लागि कर भएको बताउँदै उनले रहरले नगरेको बताए । ‘म पोलिटिसियन बन्छु भनेर आएको पनि होइन । हामीले टीभी हेरेर नेतालाई गाली गर्छौं, मैले पनि गरेंं । मैले यदि काम गर्न सकिनँ भने गाली गरेको नेतासँग सरी भन्छु । राम्रो काम गरे भने उहाँहरू (जसले कमेन्ट गर्छन्) ले मसँग सरी माग्ने हो, मैले काम गर्न सकिनँ भने मैले सरी माग्नुपर्छ । हामीहरूले जुन प्लानिङ गरेका छौं, वन मन्त्रालय, कृषि मन्त्रालयको सहयोग चाहिन्छ । युवालाई कसरी परिचालन गर्ने भन्ने मेरो योजना रहन्छ । कोही टेक्निकल कामको लागि जाला, कोही प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रियनमा जाला, त्यस्तो किसिमको प्रक्रिया हामीले मिलाएका छौं । खाली भएको जग्गा युज गर्ने हाम्रो प्लान छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x