
ताइवानको राजधानी ताईपेईको एक रेस्टुराँमा आपराधिक समूहका दुईजना सदस्यले एक हजारवटा साङ्ला फालेको भिडियो सार्वजनिक भएपछि अधिकारीहरूले अनुसन्धान थालेका छन् ।
सोमवार जी हाउस ताईपेईमा भएको आक्रमण आपराधिक समूहले गराएको प्रहरीको विश्वास छ ।
ताईपेई प्रहरी विभागले जारी गरेको सीसीटीभी फूटेजमा कालो लुगा लगाएका दुई पुरुष रेस्टुराँमा प्रवेश गरेको र साङ्ला फालेर भागेको देखिन्छ ।
ताईपेईका प्रहरी कमिस्नर चन जिया–चाङका अनुसार, रेस्टुराँ मालिकले आपराधिक समूहको ऋण तिर्न नसकेकाले यो हर्कत गरिएको हुन सक्छ ।
मंगलवार पत्रकार सम्मेलनमा चनले यसरी साङ्लाहरू राखेको झोला फाल्ने काम हिंस्रक गतिविधि भएको र यसको दण्ड दिइने बताए ।
ती साङ्ला साना भएका र शायद माछालाई खुवाउनका लापग पालिएको हुन सक्ने उनले बताए ।