अमेरिकाको टेक्ससमा रहेको ह्युस्टनमा एकजना मानिसले घरमा पालेको बाघ घरबाहिर निस्केर घुमेपछि टोलमा आतंक फैलिएको छ ।
बाघका मालिकलाई पक्राउ गरिएको छ भने बाघ बेपत्ता छ ।
ह्युस्टन प्रहरी विभागका अनुसार, बाघ पाल्ने व्यक्ति २६ वर्षीय भिक्टर ह्युगो चुएभास हुन् । उनलाई सोमवार राति हिरासतमा लिइएको छ ।
तर रोयल बंगाल बाघ अझै पनि भेटिएको छैन । आइतवार उक्त बाघ सडकमा घुमिरहेको देखिएको थियो ।
बाघ बाहिर निस्कँदा चुएभास पनि सँगै थिए । उनलाई ड्युटीमा नरहेका एक अधिकारीले बाघलाई भित्र लग्न भनी कराएका थिए ।
पछि चुएभासले बाघलाई एसयूभीमा राखेर भागेका थिए । प्रहरी अधिकारीहरूले उनलाई पछ्याएको भए पनि उनी छलेर भाग्न सफल भएका थिए । तर सोमवार बेलुका उनी पक्राउ परे ।
चुएभासले आफू चिडियाखानाको कर्मचारी भने पनि ह्युस्टन चिडियाखानाले उक्त व्यक्तिसँग आफ्नो कुनै सम्पर्क नरहेको जनाएको छ ।
बाघ तथा अन्य वन्यजन्तुलाई शहरमा अनुमतिप्राप्त व्यक्तिले मात्र ल्याउन पाउँछन् । यसको उल्लंघन गर्नेहरूलाई ५०० डलरसम्मको जरिवाना सजाय दिइन्छ ।
Apparently there's a tiger loose on my parents' West Houston street? pic.twitter.com/TgdIiPSPKx
— robwormald (@robwormald) May 10, 2021