×

NMB BANK
NIC ASIA

प्रशंसायोग्य काम

कोरोना संक्रमितको घरघरमा पुगेर सेवा गर्ने बाग्लुङकी ‘साहसी चेली’ नितु

बैशाख २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संकटको घडीमा मानव जातिको परीक्षा हुन्छ । भनिन्छ युद्धको बेलामा भाग्ने सिपाहीको कुनै काम हुँदैन ।

Muktinath Bank

सिपाहीको पनि युद्धमा मात्रै परीक्षा हुन्छ । नर्सिङ पढाइ प‘रा गरेकी बाग्लुङकी २८ वर्षीया नितु खड्का यतिखेर आफ्नो पेशागत क्षमताको परीक्षामा खरो उत्रिएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस फैलिनुअघि उनी स्वास्थ्य सुविधाको प्रत्यक्ष पहुँचबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका बासिन्दाको सेवा गर्दै परोपकारी काम गर्दै आएकी थिइन् । कोरोना गाउँगाउँसम्म पुगेपछि अब उनी भाइरससँगको लडाइँमा प्रत्यक्ष होमिएकी छन् ।


Advertisment
Nabil box
Kumari

प्रशंसा नै गर्नुपर्ने गरी नितुले खास के गरिरहेकी छन् ? मुख्य प्रश्न यो हो । उनले कोरोनाको भयावह संकटमा कसैबाट १ रुपैयाँ पनि आर्थिक सहयोग नलिइकन आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर ‘होम आइसोलेसन’मा बसेका कोरोना संक्रमितलाई स्वस्फ‘र्त सेवा दिइरहेकी छन्, हेरचाह गरिरहेकी छन् ।

Vianet communication
Laxmi Bank

आफैंले किनेको पीपीई लगाएर उनी हरेक दिन संक्रमितका ‘भाइटल साइन’ चेकजाँच गर्ने, ब्लड प्रेसर, अक्सिजन लेबल हेर्ने जस्ता काम गर्दै आइरहेकी छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा उनले संक्रमितको मनोबल उच्च बनाउन सकारात्मक परामर्श दिँदै आएकी छन् ।

‘एक जना ६० वर्षीय बुवाको बीपी (रक्तचाप) एकदम नराम्रो चरणमा थियो । मैले उहाँसँग ३० मिनेट कुराकानी गरे, त्यहीँबाट डाक्टरलाई पनि फोन गरेर सल्लाह दिएँ, बिस्तारै सबै नर्मल भयो,’ उनले भनिन्, ‘यस्तो बेला बिरामीलाई हौसला दिने मानिसको आवश्यकता हुन्छ, परिवारका सदस्यबाट समेत अलग्गै बस्नुपर्दा मानसिक तनाव हुनै नै भयो । पीपीई लगाएको मान्छे देख्ने बित्तिकै बिरामीको अनुहार उज्यालो हुन्छ ।’

किन घरघरमै पुगेर जोखिम मोलेको ? उनी भन्छिन्, ‘अहिले अस्पतालहरू भरिभराउ छन्, कोराना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । यस्तो परिस्थितिमा स्वास्थ्यकर्मीहरू एकप्रकारको युद्धमा सामेल भएका छन्, भाइरससँगको लडाइँमा निरन्तर लागेका छन् । मैले केवल सहयोग गरिरहेकी छु, यो मेरो खुशीको लागि हो, मेरो आत्मसन्तुष्टि हो ।’ 

आफ‘ पनि संक्रमित हुन्छु कि भन्ने डर लाग्ने गरे पनि सुरक्षित भएर सेवा दिइरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘प्राणी चोला एकदिन मर्ने नै हो तर अरुलाई बचाउँदै गर्दा मर्नुको महत्त्व अर्कै छ । मेरो काम हेर्दा सामान्य देखिनसक्छ तर मेरो लागि यो महत्त्वप‘र्ण छ । कसैले यसो गर भनेको सिकाएर, फकाएर गरेको पनि होइन, नाम कमाउन पनि होइन ।’ 


 
छिमेकी देश भारतमा तनावका कारण केही डाक्टरले आत्महत्या गरिसकेको सन्दर्भमा नेपालका स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्यलाई लिएर उनी चिन्तित छन् । नेपालमा डाक्टरहरूले ‘हामीलाई गाह्रो छ, अब बिरामी थेग्न सकिँदैन, अवस्था भयावह छ, कोरोनालाई सामान्य नलिइदिनुहोस् प्लिज’ भन्दै हात जोडेर घरभित्र बस्नुहोस् भनेर अनुरोध गरिरहेका छन् । नितुको अनुरोध पनि यही नै छ ।

जनताले प्रभावकारी ढंगले लकडाउनको पालना गरिरहेका छैनन् । कोरोना भाइरसलाई खेलाँची ठानिरहेका कैयौं दृश्यहरू देखिँदै आएका छन् । खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै यस्तो संकटप‘र्ण अवस्थामा पनि मानिसहरूले बाजा बजाएर जन्ती लगेरै बिहे गरिरहेका छन्, भोजभतेर चलाइरहेका छन् । 

राजनीतिक गतिविधि निरन्तर चलिरहेकै छ । कोरोनाको पहिलो लहरताका जात्रा पनि रोकिएन, चाडपर्व पनि रोकिएन । नितुको गुनासो छ, ‘जनताहरू आफैं सचेत हुनुपर्‍यो, महामारी अमेरिकाले पनि सजिलै थेग्न सकेन । भारतको के हाल छ ?’

कोरोना संक्रमित भइसकेका हजारौं व्यक्ति यतिखेर घरघरमै आइसोलेसनमा बसेका छन् । अस्पतालमा रहेका संक्रमितलाई हेर्न स्वास्थ्यकर्मी अपुग भइरहेको समयमा घरघरमा गएर हेर्ने कुराको कल्पना पनि गरिँदैन । तर घरघरमा बसेका संक्रमितहरू अन्तिम समयमा अस्पताल पुग्दा निधन भएका कैयौं उदाहरण पनि छन् । घरघरमा रहेका संक्रमितलाई कुनै जोखिम नहोस् भनेर स्वस्फ‘र्त सहयोग गरिरहेकी छन् नितु खड्का । उनलाई कैयौं संक्रमितले ‘साहसी चेली’ भनेर आशीर्वाद पनि दिने गरेका छन् । 

पछिल्लो समय उनी कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिरहेकाहरूका लागि भगवान् नै बनेकी छन् । नितुको मोबाइलमा जब फोनको घण्टी बज्छ, उनी हतारहतार रक्तचाप (ब्लड प्रेसर) नाप्ने यन्त्र, अक्सिजन नाप्ने यन्त्र र केही औषधि बोकेर दौडिन्छिन् । मृत्युको मुखमा पुगेका संक्रमितको ‘अक्सिजन लेभल’ कसरी माथि पुर्‍याउने भनेर उनी हरदम चिन्तित हुन्छिन् । उनले केही दिनअघि आफ्नो सामाजिक सञ्जाल फेसब‘कमार्फत होम आइसोलेसनमा बसेका व्यक्तिलाई स्वास्थ्य समस्या देखापरे आफ‘लाई बोलाउन स‘चना दिएकी छन् ।

‘अहिले घरमा बसेका प्रायः संक्रमितलाई ब्लड प्रेसर, अक्सिजन मेन्टन नहुने, एन्जाइटी, सुगर जस्तै कैयौं समस्या छन् । नियमित चेकजाँच गर्न उनीहरू अस्पताल पुग्न सक्दैनन्,’  नितु भन्छिन्, ‘प्राथमिक रूपमा खतराका संकेतहरू पत्ता लाग्यो भने डाक्टरलाई फोन गरेर जानकारी गराउने, सल्लाह सुझावअनुसार औषधि दिने, मनोबल उच्च राखिदिने काम गरेको छु ।’ 

‘संक्रमितको घरकै अन्य सदस्यहरू स्वास्थ्यकर्मी छन् भने त ठिकै छ, छैनन् भने उनीहरू कालकोठरीमा बसे जस्तै हो । अझ उमेर पुगेका बाबाआमाहरूका लागि त सेकेण्डसेकेण्डमा उनीहरूको स्वास्थ्य अवस्थाको ध्यान दिन जरुरी छ,’ नितु थप्छिन्, ‘मेरो पहिलो काम संक्रमितहरूलाई साइकोलोजिकल सपोर्ट हो । बाग्लुङ नगरपालिकाभरी मैलै घरघरमा पुगेर संक्रमितहरूलाई मनोबल दिने गरेको छु । पीपीई लगाएको मान्छे देख्दा उनीलाई डाक्टर आयो अब मलाई केही हुँदैन भन्ने फील भएको पाएको छु ।’

बाग्लुङ नगरपालिकाभित्र होम केयर गरिरहेकी नितु राज्यले संक्रमित संख्याको डाटा लुकाउने गरेको आरोप लगाउँछिन् । उनलाई वडा कार्यालयहरूले डाटा दिन आनाकानी गरिरहेका छन् । कैयौं साथीभाइ र आफन्तहरूले त यस्तो जोखिमको बेला के काल खोज्न त्यसरी हिँडेको, सरकारको काम हो, थुपुक्क घर मै सुत समेत भनेका छन् ।

तर नितु भन्छिन्– ‘यस्तै स्वास्थ्य संकटको बेलामा काम गर्न मैले नर्सिङ पढेको हो, यो मेरा लागि अवसर हो । मैले मानव सेवाका लागि आफूलाई समर्पित गरेको हो । कोरोना नियन्त्रणका क्रममा संसारमा धेरै डाक्टर नर्सहरू मरिसके । भोलि म पनि मर्न सक्छु, यो कुनै ठूलो कुरा रहेन ।’ 

‘नर्मल्ली प्रेसर र सुगर भएका बिरामीहरू हल्का खोकी लाग्दा पनि आत्तिने, डराउने हुन्छ । यस्तो परिस्थितिमा उनीहरूलाई केयर गर्ने कोही न केही त हुनुपर्‍यो । अहिले सबैको ध्यान अस्पतालमा छ । तर हामीले घरमा आइसोलेसनमा बसेका संक्रमितहरूलाई ध्यान दिन सक्यौँ भने रिकभर हुने संख्या पनि घरबाटै धेरै हुन्छ, तिनीहरू अस्पताल जानै पर्दैन,’  नितु थप्छिन्, ‘धेरैलाई आत्तिएर पनि श्वासप्रश्वासमा समस्या देखिएको हो ।’ 

कोरोनाभाइरस चाँडै नियन्त्रण हुने र स्थिति सामान्य बन्ने कुरामा नितु ढुक्क छिन् । सबै स्वास्थ्यकर्मीहरूलाई आफू सचेत रहेर मानव सेवा गर्न उनको अनुरोध छ ।

केही दिनअगाडि सुदूरपश्चिममा एक स्वास्थ्यकर्मीको निधन भएको थियो । नितुलाई यस्ता समाचारले पीडा दिने गर्छ । भन्छिन्, ‘राज्यले स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा पनि ध्यान दिनुपर्‍यो । उपकरणहरू र नयाँ टेक्नोलोजीहरू ल्याउनुपर्‍यो । राम्रो र सेवा सुविधा दिने सहुलियत शुल्कका अस्पतालहरू खोल्नुपर्‍यो । ‘राज्यको नजरमा सधैँ पेलिँदै आएका स्वास्थ्यकर्मीहरूको महत्त्व जनताले पनि यतिबेला बुझिदिनुपर्ने उनको धारणा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x