
महामारीको बेलामा सक्रिय रहनु र नियमित अभ्यास गर्नु आवश्यक छ किनकि यसले रोगप्रतिरोधक क्षमता बढाउँछ ।
यसैको महत्त्व देखाउनका लागि भारतको पुडुचेरीका एक पुरुषले पानीमुनि गएर व्यायाम गरेको भिडियो सार्वजनिक गरेका छन् ।
ती व्यक्ति तालिमप्राप्त गोताखोर हुन् । उनले डम्बेल र बार्बेल पानीमुनि उचालेको देखिन्छ ।
आँखा जोगाउनका लागि विशेष चश्मा लगाएका उनले १४ मिटर मुनि गएर व्यायाम गरेका हुन् ।
स्थानीय पत्रकार प्रमोद माधवले भिडियो अप्लोड गरेका हुन् ।
स्वास्थ्यविद्हरूले स्वस्थ रहनका लागि र भाइरससँग लड्नका लागि व्यायाम गर्नुको महत्त्वमा जोड दिने गरेका छन् । अभ्याससँगै पोषिलो खानेकुरा पनि खानुपर्छ ।
Man from Puducherry does Exercise 14 more deep water to emphasize on need of exercise during pandemic.
— Pramod Madhav♠️ (@PramodMadhav6) May 10, 2021
Does Dumbell curls and Barbell curls under water as fishes swim by.. pic.twitter.com/pCVbx6O1H5