२३ असार २०८३, मंगलबार

मध्य असारको चुनाव, मौसमले कति साथ देला ?

कात्तिक २०, २०७४
मध्य असारको चुनाव, मौसमले कति साथ देला ?

काठमाडौं, १७ जेठ
– जेठ ३१ गतेका लागि तय गरिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ का लागि सरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले जेठ ३१ बाट असार ९ गतेका लागि प्रस्ताव गरिएको निर्वाचत मिति निर्वाचन आयोगसँगको परामर्शपछि असार १४ गतेका लागि सारेको हो ।

मधेश केन्द्रीत दलरूलाईसमेत चुनावमा सहभागी गराउन सरकारले यसअघि जेठ ३१ गतेका लागि प्रस्तावित चुनाव असार ९ गतेका लागि सारेको थियो । असार ९ गते मुस्लिम समुदायको रमजान पर्व परेको भन्दै निर्वाचन सार्न मुस्लिम समुदायका प्रतिनिधिले माग गरेपछि बुधवार निर्वाचनको मिति तेस्रो पटक सारिएको हो ।

संविधान संशोधन लगायत अड्को थाप्दै मधेश केन्द्रित दलहरू जेठ ३१ मा समेत सहमत हुन नसकेपछि असार ९ गतेलाई सारिएको थियो, उक्त मितिमा पनि चुनाव गर्न सर्वसहमति जुट्न नसकेपछि अन्तमा असार १४ का लागि निर्वाचनको समय तय गरिएको छ ।

मौसमले कति साथ देला ?
सबै राजनीतिक दलहरूलाई सहमत गराउन भन्दै सरकारले निर्वाचनको मिति असार १४ मा पु-याएको छ, तर यो अवधि मनसुनको बढी सक्रिय हुने समय हो ।

नेपालका धेरै ठाउँमा असार दोस्रो साता धान रोपाइ गर्ने चटारो हुन्छ । मनसुन सक्रिय रहने र धान रोपाइको मौसम पर्ने भएकोले असार १५ लाई सरकारले राष्ट्रिय धान दिवससमेत मनाउँदै आएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार सामान्यया जुन १० मा नेपालमा मनसुन (वर्षा) शुरु हुन्छ । यसपटक पनि त्यसैको हाराहारीमा मनसुन सुरु हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । 

‘दोस्रो चरणको निर्वाचनको मिति असार १४ लाई तोकिएको हुँदा वर्षाले प्रभाव पार्ने कुरा स्वभावीक हो,’ कँडेलले लोकान्तरसँग भनिन् । मनसुन सक्रिय भए पनि कुनै दिन बढी वर्षा र कुनै दिन कम वर्षा हुने विभाग बताउँछ । ‘वर्षा तुलनात्मक रुपमा बढी सक्रिय भएको समय प-यो भने निर्वाचनमा प्रभाव पर्ने देखिन्छ ।’ विभागकी मौसमविद् कँडेलले भनिन् ।
 
वर्षभरी हुने वर्षामध्ये करीव ८० प्रतिशत वर्षा यही वर्षायाममा हुन्छ । मुलतः मनसुनकै समयमा बढी वर्षा हुने भएकाले कुनै समय ३/४ दिन अनवरत वर्षा पनि हुनसक्ने विभाग बताउँछ ।

‘चुनावको मिति झण्डै एक महिनाको समय बाँकी रहेकाले पूर्वानुमान गर्न सकिने स्थिति छैन । किनकी मौसमको पूर्वानुमान करीव २/३ दिनअघिमात्र गर्न सकिन्छ’ उनले भनिन ।

मनसुन सक्रिय भएपनि पछिल्ला बर्षहरुमा मध्य असार सम्मपनि खडेरी पर्नेगरेको विगतको अनुभव छ । मध्य असारसम्म पानी नपरेर धानको विउँ राख्न समेत नपाएको समाचार प्रकाशमा आउने गरेका थिए ।

नेपालमा मध्य असारमा चुनाव हुन लागेको संभवतः यो पहिलो घटना हो । 

मतदानको दिनमा पानी परेरमा सर्वसाधारण मतदाता मतदान स्थलसम्म नआउने चिन्ता व्यक्त भएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले मध्य असारमा चुनाव सार्दा मतदातालाई अप्ठेरो पर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्