×

NMB BANK
NIC ASIA

सामान्यतया कुनै काम गर्न वा नगर्नका लागि शपथ लिने गरिन्छ । आजको समाजमा शपथ वाचा, वचन, प्रण, प्रतिज्ञा, कसम, किरिया आदि विभिन्न पर्यावाची शब्दले पनि उच्चारण हुने गरेका छन् । शपथ लिँदा अति पवित्र तथा सम्मानित स्थान, वस्तुलाई साक्षी राखेर लिने गरिन्छ । जसमा भगवान, धार्मिक पुस्तक, मठमन्दिर वा सम्मानित एवं आदरणीय व्यक्ति पनि हुन् सक्छन् ।

Muktinath Bank

नेपालको पुरानो न्याय प्रणालीमा धर्म भकाउने, भगवानलाई साक्षी राखेर बोल्दा आरोपितले झुट नबोल्ने वा इमान्दारीतापूर्वक तोकिएको जिम्मेवारी अनुसारको काम गर्ने विश्वास लिइन्थ्यो । हाल पनि धर्मको नाममा शपथ लिएपछि कुनै पनि गलत कार्य गर्न नसक्ने विश्वास लिइन्छ । गाउँघरमा सामान्य विवाद, झगडा वा प्रेममा पनि नजिकैको देवताको नाम लिई कसम खाने, वाचा गर्ने चलन रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामायणमा राजा दशरथले रानी कैकेयीसँग रामलाई १४ वर्ष वनबास पठाउने प्रतिज्ञा गरेका थिए । राजा शान्तनु एवं गगांपुत्र देवव्रत जो पछि भीष्मपितामह नामले चिनिए ।


Advertisment
Nabil box
Kumari

उनले हस्तिनापुरको राजा नबन्ने र आजीवन अविवाहित रहेर राज्यको हित र संरक्षण्मा लाग्ने प्रतिज्ञा गरेका थिए । जुन प्रतिज्ञा भीष्मप्रतिज्ञाको नामले उल्लेख भएको पाइन्छ । माथिका दुवै प्रतिज्ञाहरूको पूर्ण पालना भएको थियो । प्रतिज्ञाबेगरको शपथ, सौगन्ध, किरिया, प्रण वाचाको अर्थ नहुने हिन्दु धर्मशास्त्रीय मान्यता रही आएको पाइन्छ । हिन्दू धर्मशास्त्रमा यस्ता धैरै प्रतिज्ञाहरूको उल्लेख भएको पाइन्छ । 

Vianet communication
Laxmi Bank

भगवान्, देश र जनताको नाममा विधिपूर्वक शपथ लिँदा गरिएको प्रतिज्ञा पूरा गर्नुपर्ने नैतिक, धार्मिक उत्तरदयित्व र देश एवं जनताप्रति अनिवार्य जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कुनै पनि राजनैतिक वा प्रशासनिक नियुक्तिमा शपथ लिनुपर्ने कानूनी एवं संवैधानिक व्यवस्था संसारभर रही आएको पाइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ३१ गते राष्ट्रपतिसमक्ष लिएको शपथ विवादित भई सम्मानित सर्वोच्च अदालतमा पुगेको अवस्था छ । अदालतले यस विवादलाई अग्राधिकार दिएता पनि विवादको न छिनोफानो भएको छ, न त रिट निवेदन खारेज नै भएको अवस्था छ । अदालतले रिट निवेदन नै नपढेको हुनाले अन्तरिम आदेश नदिई अग्राधिकारमा मात्र राखेको भन्ने समाचारहरू पनि प्रकाशन भएका छन् ।

हाल प्रधानमन्त्रीको शपथग्रहणका बारेमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक टीकाटिप्पणी भएता पनि नेपालको सन्र्दभमा शपथको जुन विषय वा सन्र्दभमा टीकाटिप्पणी, छलफल, चर्चा हुनुपर्ने त्यो विषय भने ओझेलमा परेको छ । त्यस विषयमा बहस हुन सकेको छैन । 

त्यो के हो भने के नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख आदि समक्ष शपथ लिइसकेपछि उक्त शपथको पूर्णतया पालना हुने गरेको छ ? विशेषगरी राजनैतिक रूपमा निर्वाचित भई वा मनोनयन वा नियुक्त भई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा वा संवैधानिक निकायमा शपथ खाएर पुगेका लाभको पद ग्रहण गरेका व्यक्तिहरूबाट आफूले लिएको शपथअनुसार संविधान एवं कानूनको पूर्ण कार्यान्वयन गरेका छन् त ? संविधान एवं कानूनको पालना नगर्ने, देश र जनताप्रतिको उत्तरदायित्व बहन नगर्ने नै हो भने ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु/देश र जनताको नाममा शपथ लिन्छु’ भनी प्रतिज्ञा/शपथ गर्नुको औचित्य के रहन्छ ? 

नेपालमा हालसम्म जतिपटक संविधान एवं कानूनहरू उल्लंघन भए, देशको हितविरुद्धमा जति पनि सन्धि, सम्झौताहरू भए ती सबै कार्य देश, जनता, ईश्वरको नाममा शपथ लिएका, प्रतिज्ञा गरेका व्यक्तिहरूबाट नै भएकाले हुनाले यो शपथ ग्रहणले कुनै पनि शपथ लिएका व्यक्तिहरूलाई इमान्दार, नैतिकवान, देश र जनताप्रति बफादार बनाएको छैन भन्न सकिन्छ ।

पालना नै नहुने शपथ किन लिइरहनुपर्‍यो ? यस विषयमा प्रशस्त बहस गर्न सकिन्छ । ईश्वर, देश, जनताप्रति प्रतिज्ञा गरेका, शपथ लिएका, देश र जनता, संविधान एवं कानूनप्रति बफादार र इमान्दार रहन्छु भनेका व्यक्तिहरूबाट संविधान एवं कानूनको उल्लंघन भएको, कानूनको उल्लंघन गरी भ्रष्टाचार तथा अनुचित लाभ ग्रहण गरेको र राष्ट्र तथा जनताको हितविपरीत सन्धि, सम्झौता भएको र हुन लागेको प्रशस्त उदाहरण र घटनाहरू वर्तमान समयमा पनि ताजै छन्  । 

शायद चिकित्सकहरू (केही अपवादबाहेक) र ओलम्पिक खेलमा सहभागी हुने खेलाडीहरूले मात्र शपथको कार्यान्वयन गरेको अवस्था देखिन्छ ।  

प्रधानमन्त्रीको शपथलाई सञ्चारमाध्यम र कानून व्यवसायीले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको दोहोर्‍याएर गरेको शपथलाई उदाहरणको रूपमा प्रस्तुत गरेकाले यहाँ अमेरिकाको सन्र्दभमा संक्षिप्त चर्चा गरिएको छ ।

सन् २००९ मा बाराक ओबामाले शपथ ग्रहणका शब्दहरू बोल्दा एक शब्दलाई तलमाथि पारेका थिए । ‘आई विल फेदफुल्ली एक्जिक्यूट द अफिस अफ द प्रेसिडेन्ट अफ द युनाइटेड स्टेटस्’ भन्नुपर्नेमा ‘आई विल एक्जिक्यूट द अफिस अफ द प्रेसिडेन्ट टु द युनाइटेड स्टेट्स फेदफुल्ली’ भनी शब्दलाई तलमाथि पारेकाले नै दोस्रोपटक शपथ लिनुपरेको थियो ।

दुवै वाक्यांशको अर्थ एउटै भए पनि भोलिपल्टै उनले सच्चाएर शपथ लिएका थिए । तर यसमा त्रुटि प्रधानन्यायाधीशको पनि थियो । नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले शपथ ग्रहणको भाषा नै परिवर्तन गरी शपथ लिएका थिए । उनले पुनः शपथ लिएको नजिर पनि हामी समक्ष छ । 

अमेरिकामा क्रिश्चियनको पवित्र ग्रन्थ बाइबलमा हात राखेर शपथ लिइन्छ । अझ पुरानो वा परम्परागत बाइबलको प्रयोग गरिन्छ । वर्तमान राष्ट्रपति जो बाइडनले सन् १८९० देखि उनको परिवारसँग रहेको पुरानो आफ्नै बाइबल छोएर शपथ लिएका थिए ।

यसअघि उपराष्ट्रपतिको शपथ गर्दा पनि उनले त्यही बाइबलको प्रयोग गरेका थिए । अमेरिकी राष्ट्रपतिको शपथग्रहणको महत्त्वपूर्ण पक्ष के छ भने नयाँ राष्ट्रपतिले कुनै कागज पढ्नु पर्दैन । सिर्फ प्रधानन्यायाधीशले भन्ने शब्दहरू दोहर्‍याउनुपर्दछ । देब्रे हात बाइबलमा राख्ने र दाहिने हात उठाएर शब्दहरू दोहोर्‍याएर शपथ लिइन्छ । शपथको अन्तिम चार शब्द ‘सो हेल्प मि गड’ रहेको छ । 

नेपालमा कम्प्युटरको प्रिन्टरले स्वीकार गर्ने खालको एउटा कागजलाई समातेर उक्त कागजमा उल्लेख भएको शब्दहरू शपथ दिनेले लिने र त्यसलाई पढी दोहोर्‍याएर भन्न लगाइन्छ । हाम्रो देशमा १८ पुराण वा श्रीमद्भागवत गीता वा आराध्यदेव पशुपतिनाथको औचित्य र सम्मान प्रत्येक शपथ ग्रहणहरूमा भताभुङ्ग हुने गरेका छन् ।

अनि अमेरिकी डलरमा लेखिएको ‘इन गड वि ट्रस्ट’ र बाइबलमा हात राख्ने अमेरिकी राष्ट्रपतिहरू सम्झनलायक रहन्छन् । अमेरिकी संविधानमा बाइबलमा हात राखेर शपथ लिनुपर्ने व्यवस्था छैन् । तर जर्ज वाशिङ्टनदेखि चलेको परम्पराले हालसम्म निरन्तरता पाएको छ । नेपालमा राष्ट्र र सरकार प्रमुखको शपथ ग्रहणलाई संविधान, रिती रिवाज, धर्म, संस्कृति एवं परम्पराको आधारमा भव्य, सभ्य र मर्यादित बनाउनुपर्ने आवश्यकता छ । श्रीलकांका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले चौथौपटक सरकार प्रमुख हुँदा अगस्ट २०२० मा ऐतिहासिक बौद्ध राजबिहारमा शपथ ग्रहण गरेका थिए । 

सन् १८२५ मा अमेरिकी राष्ट्रपति जोन क्विन्सी एडम्सले र पछि थियोडोर रुजवेल्टले सन् १९०१ मा बाइबलको सट्टा कानूनको किताबमा हात राखेर शपथ लिएका थिए भन्ने इतिहास छ । १९२९ मा राष्ट्रपति हवर्ट हुवर, १९४५ मा ह्यारी एस ट्रुम्यान, १९७३ मा रिचर्ड निक्सन आदिको शपथग्रहणहरूमा पनि त्रुटि भएका थिए । अन्य त्रुटिहरू भएका घटनामा प्रधानन्यायाधीशले शब्द तलमाथि पारेको वा शब्द नै गायब गरेको घटनाहरू पनि छन् । 

रुजवेल्टलाई शपथ गर्न एकदम हतार थियो त्यही भएर शपथको बेला जुन पुस्तक भेटियो त्यसैमा हात राखेर शपथ लिइयो भन्ने पनि छ । एडम्सले चाहिँ चर्चभन्दा शक्तिशाली कानून र संविधान हो भन्ने कुरा चर्चलाई देखाउनलाई बाइबलमा हात राखेर शपथ लिएनन् भन्ने केही लेखकहरूले उल्लेख गरेका छन् ।  

सीएनएनका एक अनलाइन स्तम्भकार डिन ओबइडल्लाहले एक लेखमार्फत प्रश्न गरेका थिए– बाराक ओबामाको दोस्रो कार्यकालको शपथको प्रसङ्गमा २०१३ जनवरी २०) अमेरिकी संविधानको संरक्षण, रक्षा र प्रतिरक्षा (प्रिर्जभ, प्रोक्टेक्ट, डिफेन्ड) गर्नको लागि लिइने एक मिनेटभन्दा छोटो समयको शपथमा बाइबलको साटो संविधान नै हुनुपर्ने होइन ?

बेलायतको संसदीय सर्वोच्चता र अमेरिकाको संवैधानिक सर्वोच्चतालाई नेपालको न्यायपालिकामा पटक–पटक बहसका दौरान उठाइन्छ । अमेरिकी संविधानमा उल्लेख भएको शब्दलाई राष्ट्रपतिले समेत बोलीचालीमा तलमाथि गर्न नसक्ने देखिन्छ । संवैधानिक सर्वोच्चतालाई हामीले पनि अनुशरण र स्वीकार गरेका छौं भने हाम्रा प्रधानमन्त्रीबाट पनि यसको अनुशरण र पालनाको अपेक्षा रहन्छ । नेपालको संविधान २०७२ को धारा ८० अनुसार प्रधानमन्त्रीले कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष संघीय कानून बमोजिम शपथ लिनुपर्ने अनिवार्य एवं बाध्यात्मक व्यवस्था हो । शपथ सम्बन्धमा छुट्टै कानूनको निमार्ण हालसम्म भएको छैन ।

अहिले व्यवस्थापिका संसद् कार्य सञ्चालन नियमावली २०७० को अनुसूचीमा रहेको ढाँचामा शपथ ग्रहण गरिन्छ । उक्त ढाँचाबमोजिम कुनै पनि प्रधानमन्त्रीले मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु / ईश्वर / देशको नाममा शपथ लिन्छु कि भनेर शपथ लिइन्छ । सामान्यतः सत्यनिष्ठापूर्वकपछि प्रतिज्ञा गर्छु वा ईश्वर वा देशको नाममा भन्दा तीनवटा स्थानमा शब्द चयनको मौका दिएको हो कि भन्ने अर्थ लाग्दछ । यसको छिनोफानो कानून व्याख्याको क्रममा अदालतले गर्ने नै छ । 

तर प्रश्न के हो भने प्रतिज्ञा, कबुलीयत, प्रण नगरिएको शपथ पालनाका लागि कुनै पनि व्यक्ति कसरी बाध्य हुन सक्छ ? कुनै काम पूरा गर्न वा नगर्न गरिएको अठोट, कुनै काम कुरा गर्न वा नगर्न गरिएको संकल्प, कुनै काम कुरा गर्न वा नगर्न दिइएको वचन, दृढ निश्चय, कबुल नै प्रतिज्ञा हो । (नेपाली वृहत शब्दकोष २०७५) । प्रतिज्ञा गरेपछि पूरा गर्नु पर्दछ । प्रतिज्ञा पूरा नगर्नेले मात्र प्रतिज्ञा, वाचा, कबुलीयत गर्दैन भन्ने सामाजिक कहावतलाई थप बल पुग्ने काम हुन पुगेको छ । 

एकातर्फ राष्ट्रपति स्वयंले प्रधानमन्त्री पदको शपथ ग्रहण भै रहदा हाँस्नुले राष्ट्रपति स्वयं संविधान र कानूनप्रति कत्तिको संवेदनशील छिन् भन्ने मूल्यांकन नेपाली जनताले गर्ने अवसर पाए । अर्कातर्फ प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्ने ढाँचामा नै उल्लेख नभएको शब्द भनिदिए । तोकिएको ढाँचामा प्रधानमन्त्रीले त्यो पर्दैन शब्द प्रयोग गर्न सक्नेछन् र उक्त शब्द पश्चात राष्ट्रपतिले यस्तो हाउभाउ गर्नेछिन् भन्ने व्यवस्था ढाँचामा छैन भन्ने तर्क पनि रही आएका छन् । 

नेपालमा राष्ट्र वा सरकार प्रमुखको शपथ ग्रहण भव्य, सभ्य, मर्यादित र गरिमामय हुन सकेको छैन । राष्ट्रपति कार्यालयको बरन्डामा सांगीतिक कन्सर्ट कार्यक्रमको जस्तो माइक्रोफोन राखेर बिहेको भोजमा जस्तो त्रिपाल (पण्डाल) टाँगेर गरिने शपथ ग्रहणको साख, महत्त्व र औचित्य नेपाली जनतासमक्ष त्यसै पनि रहेको छैन र गिर्दो छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x