×

NMB BANK
NIC ASIA

बजेटको पूर्वसन्ध्या

आव २०७८/०७९ को बजेट : पाइला-पाइलामा तगारा, तर अर्थमन्त्रीसँग असीमित अपेक्षा !

जेठ १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटनपछि दलहरूबीच राजनीतिक ध्रुवीकरण शुरू भएको समयमा अर्थमन्त्री विष्णु पौडेलले भोलि अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदैछन् ।

Sagarmatha Cement
Muktinath Bank

जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण संसदबाहिर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट बजेट भाषण हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्ला तीनवर्ष ‘टेक्नोक्र्याट’ अर्थमन्त्रीले ल्याएको बजेटभन्दा केही जनमुखी बजेटका लागि पौडेलले गृहकार्य गरेका थिए । यसअघिका अर्थमन्त्रीले ल्याएको बजेट पार्टीभित्रै विवादमा पर्ने गरेको थियो । 


Advertisment
Nabil box
Kumari

२०७४ सालमा वामपन्थी गठबन्धनले चुनावमा भारी बहुमत ल्याएपछिका पछिल्ला तीन वर्षमा डा. युवराज खतिवडाले बजेट ल्याएका थिए । 

Vianet communication
Laxmi Bank

झण्डै दुईतिहाइ बहुमत रहेको सरकारले तीनवटा बजेट पेश गरेपनि त्यसले राजनीतिक परिवर्तनलाई सम्बोधन गर्न नसकेको आरोप लाग्ने गरेको थियो ।

कोरोना महामारीले अर्थतन्त्र झन् शिथिल बनेको समयमा अर्थमन्त्री पौडेलले आम जनताका असीमित आकांक्षा सम्बोधन गर्नेगरी बजेटको तयारी गरेका छन् । 

गतवर्षको असोज २९ गते अर्थमन्त्रीको कार्यभार सम्हालेदेखि नै सत्तारुढ दलको आन्तरिक किचलो व्यवस्थापनको जिम्मेवारी सँगसँगै पौडेलले बजेटको गृहकार्य गरिरहेका थिए ।

अर्थमन्त्री बनेको ८ महिनासम्म उनी पूर्वमन्त्रीले ल्याएको बजेट कार्यान्वयनको भूमिकामा रहे । 

बजेट निर्माणमा सर्वसाधारणको सुझाव संकलनदेखि सरोकारवालासँग प्रत्यक्ष छलफल गरेर उनले लामो गृहकार्य गरेका थिए ।

पूर्व अर्थमन्त्रीहरू, प्रतिपक्षी दलका सांसद, आफ्नै पार्टीका सांसद, निजी क्षेत्र लगायतसँग समावेशी छलफल गरेर उनले बजेटको तयारी गरे । 

प्रतिनिधि सभा विघटन केही पर धकेलिएको भए उनले संघीय संसदको दुवै सदनमा नयाँ कार्यक्रमसहित बजेट ल्याउन पाउने थिए । 

पौडेलसँग सर्वसाधारणका अपेक्षा धेरै, स्रोत कम

२०७३ सालमा पहिलोपटक अर्थमन्त्री बनेको समयमा केही लोकप्रिय कार्यक्रम ल्याएर चर्चा कमाएका पौडेलसँग आम सर्वसाधारणका अपेक्षा धेरै छन् ।

पहिलोपटक अर्थमन्त्री बनेको समयमा मन्त्री पौडेलले तराईका जिल्ला सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्ने लगायत स्थानीय तहका लागि केही महत्वपूर्ण कामको शुरूआत गरेका थिए ।

२०७४ सालमा भएको स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा एमालेको विजयका लागि २०७३ सालको बजेटको प्रमुख भूमिका रहेको व्याख्या गरिएको थियो । 

यसपटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री पौडेलले केही जनमुखी कामको शुरूआत गरेका थिए ।

अर्थमन्त्री बनेलगत्तै पौडेलले सबै स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पतालको शिलान्यास गर्न अर्थ मन्त्रालयसँग सहमति गरेका थिए ।

यस्तै असार मसान्तभित्र गरीब परिचयपत्र वितरण गर्ने निर्णय पौडेल आएपछि भयो । तर कोरोना संक्रमणको दोस्रो लहरका कारण त्यो कार्यक्रम प्रभावित बन्यो । 

पुस्तकमा लगाइएको कर खारेज तथा स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि भएको पहल दोस्रोपटक अर्थमन्त्री भएपछि पौडेलले गरेका केही राम्रा काम हुन् । 

कोरोना संक्रमणको दोस्रो लहरपछि अर्थले विभिन्न जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरेको छ । मन्त्री पौडेलले जिल्ला अस्पतालाई अनुदान दिने कामलाई द्रुत गति दिए । 

सरकारको चौतर्फी आलोचना भइरहेको समयमा अर्थमन्त्री पौडेलले बजेटमार्फत केही नयाँ कार्यक्रम ल्याउन खोजेको बुझिएको छ । 

स्रोतको कमी, कामचलाउ बजेट ल्याउन विपक्षी दलहरुले दिएको दवाव तथा चुनाव घोषणा भइसकेको अवस्थामा मतदातालाई प्रभावित गर्ने बजेट ल्याउन नपाइने भन्दै निर्वाचन आयोगका पूर्व प्रमुखहरूको वक्तव्यका कारण अर्थमन्त्रीलाई ‘मन फुकाएर’ बजेट ल्याउने अवस्था भने देखिँदैन ।  

अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा अर्थमन्त्री पौडेलले आर्थिक स्रोतको सीमितताका कारण ‘मन फुकाएर’ बजेट ल्याउने अवस्था नरहेको बताएका थिए । तर वृद्धभत्ता बढाउने, कर्मचारीको तलव या भत्ता बढाउनु पर्ने जस्ता दबाब अर्थमन्त्रीसामु छन् । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले निकट प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफूले गरेका प्रतिबद्धता बजेटमा समेटिने बताएका थिए । 

ओलीको संकेत वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता वृद्धितर्फ थियो । यसअघि ओलीले सार्वजनिक कार्यक्रम र संसद्मा सम्बोधनका क्रममा वृद्धभत्ता बढाउने प्रतिबद्धता जनाएका थिए । 

कोरोना महामारीमा फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरकारी कर्मचारीका लागि प्रोत्साहन भत्ता बढाउनु पर्ने दबाब अर्थमन्त्रीसामु छ ।

कोरोना संकटका कारण राजस्व खुम्चिएको, स्वास्थ्य क्षेत्रको खर्च बढिरहेको तथा चुनावको मिति समेत घोषणा भइसकेको अवस्थामा कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न कस्तो बजेट आउला भनेर सबैले कौतुहलतापूर्वक हेरिरहेका छन् । 

कोरोनाका कारण थलिएको अर्थतन्त्र उकास्ने, सानो पूँजीका व्यापार, व्यवसाय र साना व्यवसायीलाई उकास्ने, रोजगारी गुमाएका श्रमिकहरूका समस्या समाधान गर्नु यतिबेला मुलुकको चुनौती छ ।

कोरोनाको पहिलो लहरका कारण शिथिल बनेको अर्थतन्त्र तंग्रिन नपाउँदै शुरू भएको दोस्रो लहरले जर्जर बनाएको अर्थतन्त्रलाई सम्हालिने गरी बजेट ल्याउनु अर्थमन्त्रीका अगाडि चुनौती छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x