
हामीमध्ये कतिपयको कपालमा चायाका समस्या हुन सक्छ । चाया आफ्नो कपालबाट हटाउन नसक्दा तनाव भइरहेको हुन सक्छ । अझ गर्मीमहिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । आखिर कसरी ? आज हामी तपाईंलाई केही टिप्स सेयर गर्दैछौं जसले कपाललाई चमकदार र मजबुत बनाउनुका साथै चायाको समस्याबाट टाढा रहनकालागि सघाउनेछ ।
घ्यु कुमारीले चायाको समस्याबाट राहत दिनसक्छ । यसमा रहेका प्रचुर गुणहरुले कपाल र छालालाई पनि धेरै फाइदा पु¥याउँछन् । यसले छालालाई सुख्खा हुनबाट पनि बचाउँछ । आफ्नो तालुमा एलोभेरा जेल लगाउनुस् र १५ मिनेट सुकाउनुस्, अनि फेरि पानीले धुनुस् ।
यसैगरी नरिवलको तेल शिरको छालाका लागि निकै राम्रो हुन्छ । यसले कपालमा पनि सबै प्रकारका इन्फेक्सन र चाया समाप्त गर्छ । नुहाउनुभन्दा एक रात पहिले नरिवलको तेलले टाउको र कपामा राम्रोसँग मसाज गर्नुस् ।
यस्तै हाम्रो तालुलाई शुष्कताबाट बचाउन नहीलेपनि महत्वपूर्ण भूमिका खेल्नसक्छ । यसकालागि आफ्नो शिरमा ३० मिनेटसम्म दही लगाएर राख्नुुस् र फेरि शिरलाई धुनुस् । जसका कारण हामीलाई चायाबाट मुक्ती मिल्छ । राम्रो परिणामका लागि तपाईले दहीमा तेल मिलाएर पनि शिर र कपालमा लगाउन सक्नुहुन्छ ।
यस्तै एप्पल साइडर भिनेगर तालु चिलाउने समस्याबाट मुक्ती पाउनका लागि राम्रो विकल्प हो । एक चम्चा भिनेगरमा चार चम्चा पानी मिसाउनुस् । त्यसपछि कपासको सहयोगले त्यसलाई तालुमा लगाउनुस् । झन्डै आधा घण्टासम्म त्यसलाई तालुमै रहनदिनुस् र कपाललाई हल्का स्याम्पुले धुनुस् ।