कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
पछिल्ला २-३ दिनदेखि विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न खबरहरू सामाजिक सञ्जाल तथा समाचारहरूमा आइ नै रहेका थिए।
मिति २०७८।२।१८ गते दिउँसो करीब ४:३० बजेतिर भने उहाँको मृत्यु भएको खबर जब आधिकारिक रुपमै जब सुनें तब म वास्तवमै मर्माहत भएँ। थाहै नपाई आँखा रसाएछन्। कुनै औपचारिक भेटघाटविना वा व्यक्तिगत चिनजानविना नै कसैको मृत्युमा म पहिलोपटक किन यति धेरै भावुक भएँ?
प्राय: हामी आफ्नो नजिकको मानिस, आफन्त र साथीभाइको मृत्यु हुँदा भावुक हुन्छौं, रुन्छौँ, पीडा महशुस गर्दछौं। नजानिँदो तरिकाबाट तपाईं पनि मेरो नजिकको भइसक्नुभएको रहेछ।मेरो अन्तर्मनले तपाईंलाई आफ्नो बनाइससकेको रहेछ, किनकी तपाईं म र मेरो पुस्ताले खोजेको एक प्रतिनिधि पात्र हुनुहुन्थ्यो। तपाईंले मेरो समस्या समाधानका लागि आफूलाई समर्पति गर्नुभएको थियो।
तपाईं त्यो व्यक्ति हुनुहुन्थ्यो जसले पोखरीको फोहोर सफा गर्नका लागि डिलमा बसेर गुनासो गर्ने मात्रै होइन, आफैँ पोखरीमा पसेर फोहोर सफा गर्न लाग्नुभएको थियो।तपाईंले म र मजस्ता हजारौंको विचार र भावनाको प्रतिनिधित्व गर्नुभएको थियो। तपाईंले पद र पैसाका लागि वा देखाउनका लागि काम गर्नुभएको थिएन।
परिवर्तनका लागि “रोल मोडल” बन्नुभएको थियो। तपाईं सरल र सदाचारी हुनुहुथ्यो।बोली र व्यवहारमा एकरुपता थियो। छोटो समयमै आफूले नेतृत्व छोड्ने उदाहरण समेत दिनुभएको थियो। आफ्नो एउटा कार्यकाल समाप्तिपछि सजिलै नेतृत्व हस्तान्तरण गरी युवा पुस्तालाई उत्प्रेरित गर्ने, मार्गनिर्देश गर्ने र हौसला दिने कार्य गर्नुभएको थियो।कुनै ढोँगी व्यवहार देखाउनुभएको थिएन।बोली र व्यवहारमा एकरुपता थियो।
पदप्राप्ति र देखावटीपन थिएन। स्वार्थकेन्द्रित राजनीति गर्नेहरूको भीडमा छुट्टै पहिचान बनाई कुनै पद र ओहदामा नपुगीकन पनि यति धेरै मान्छेको माया पाउनु नै यी सबै कुराको प्रमाण हो।
जसरी निष्पट्ट अँध्यारोमा एउटा मधुरो बत्तीको प्रकाशले आशाको सञ्चार गर्दछ, त्यसरी नै तपाईं नेपालको राजनीतिमा आशाको सञ्चार गर्ने व्यक्ति हो।वर्तमान नेपालका विभिन्न क्षेत्रहरूमा विभिन्न किसिमका समस्याको बावजुद केही असल मानिसहरूका कारण ती संस्थाहरू टिकिरहेका छन्।
जो असल छन्, ती अल्पमतमा छन् र पनि तिनीहरूले आशाको सञ्चार गरिरहेकै कारण संस्थाहरू चलायमान छन्। तपाईं पनि त्यस्तै अल्पमतमै रहेर पनि राजनीतिक विश्रृंखलता र निराशाको बीचबाट एउटा आशाको दियो बाल्दै आउनुभएको थियो। जसको कारण कुनै ठूलो पद र ओहदामा नपुगीकन पनि आज यसरी आफूलाई सबैको मनमा राख्न सफल हुनुभयो।
तपाईं साँच्चै छिटो जानुभयो । भावनात्मक रुपमा भनिने वाक्यांश “राम्रा मानिसलाई भगवानले पनि छिट्टै लैजान्छन्” भने झैँ भयो। तर पनि उज्वल दाइ, तपाईंले त जीवन सार्थक बनाएर जानुभयो।तपाईंले सुसंस्कृत राजनीतिको दियो बालेर जानुभयो। ७-८ वर्षमै राजनीतिक रुपमा तपाईंले आफूलाई सावित गर्नुभयो।
खासमा वर्तमान नेपालको राजनीतिको मूल प्रवाहको “एन्टी स्ट्रीम” आन्दोलनको शुरुआत गरी तोडफोडविना, बन्द हड्ताल नगरी पनि आफ्ना कुरा सुनाउन र बुझाउन सकिन्छ भन्ने कुराको शुरुआत गर्नुभयो। तपाईंले मसिनो स्वर र सानो समूहमा शुरू गर्नुभएको आन्दोलनको स्वरुप स्थापित भई आज अन्य राजनीतिक दल र समूहले पनि सोही कुरालाई पछ्याउनुले तपाईं एक मार्गदर्शक र पथप्रदर्शकको रूपमा स्थापित हुनुभएको छ।
समस्या छ, समस्याको समाधान गर्नका लागि रचनात्मक तरिका अपनाउनु पर्दछ भन्ने कुराको शुत्रधार तपाईं नै हो। पद र ओहदा जहिल्यै “सेकेन्डरी” हुन्छ भन्ने कुराको उदाहरण समेत तपाईं नै हो।
युवा पुस्तालाई राजनीतिप्रति आकर्षित गरी रचनात्मक रुपमा हस्तक्षेप र विरोध गर्ने कुराको जुन थालनी तपाईंबाट भयो उक्त कुराको निरन्तरता दिनु नै तपाईंप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।
बहुसंख्यक नेपालीजन विशेष गरी नेपाली युवाहरूको भावना मुखरित गर्ने र प्रतिनिधित्व गर्ने सुसंस्कृत राजनीतिको जग बसाल्न सफल तपाईं भौतिक रुपमा हामीबीच नरहनुभएतापनि तपाईंको सुविचार सदासदा रहिरहने छ।
तपाईंले देखाउनुभएको उज्यालो पछ्याउदै पक्कै धेरै युवाहरू लागिरहने छन् । ढिलोचाँडो तपाईंको अभियान पूरा हुनेछ।
तपाईं नेपालको हिमाल, पहाड र तराईको हावामा कतै न कतै सदा रहिरहनुहुनेछ। तपाईंले देखाउनुभएको सपनाको दियो चम्किरहनेछ। फेरि पनि एक असल मान्छेप्रति हार्दिक श्रद्धाञ्जली !!
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...