२९ असार २०८३, सोमबार
फिफा विश्वकप–२०२६

मेसीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार शुरूआत

असार ३, २०८३
काठमाडौं
मेसीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार शुरूआत

फिफा विश्वकप २०२६ मा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आफ्नो उपाधि रक्षाको अभियानलाई निकै सानदार रूपमा शुरूआत गरेको छ। क्यान्सास सिटी स्टेडियममा खेलिएको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले 'डेजर्ट फक्सेस' भनिने अल्जेरियाविरुद्ध ३–० को सहज र सानदार जित दर्ता गरेको हो।

अर्जेन्टिनालाई यो विशाल जित दिलाउने क्रममा टोलीका कप्तान लियोनेल मेसीले एकै खेलमा ३ गोल गर्दै आफ्नो विश्वकप करियरको पहिलो ह्याट्रिक पूरा गरे। ३८ वर्षको उमेरमा पनि जादुमयी प्रदर्शन गरिरहेका इन्टर मियामीका यी फरवार्डले ऐतिहासिक रात विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान समेत बराबरी गरेका छन्।

फुटबल इतिहासका अनेकौँ कीर्तिमान आफ्नो नाममा राखिसकेका मेसीका लागि यो विश्वकप ह्याट्रिक निकै विशेष रह्यो । उनको खेल जीवनको यो नै पहिलो विश्वकप ह्याट्रिक हो । सन् २०२२ को कतार विश्वकपको फाइनलमा फ्रान्सका किलियन एम्बाप्पेले ह्याट्रिक गरेयता विश्वकपको मञ्चमा ह्याट्रिक गर्ने मेसी पहिलो खेलाडी बनेका छन् ।

कतारको त्यो ऐतिहासिक फाइनल खेल अतिरिक्त समयपछि ३–३ को बराबरीमा सकिएको थियो, जहाँ मेसीले पेनाल्टी सुटआउटमा गोल गर्दै अर्जेन्टिनालाई ४–२ को जितसहित विश्वविजेता बनाएका थिए।

यसपटकको विश्वकपको सुरुवाती दिनमै फ्रान्सका किलियन एम्बाप्पे र नर्वेका अर्लिङ हालान्ड जस्ता युवा स्टारहरूले आ–आफ्नो खेलमा गोल गर्दै सानदार प्रदर्शन गरिसकेका छन्। तर, युवा पुस्ताको यो दबदबाका बिच ३८ वर्षीय मेसीले आफूलाई अझै पनि खेलको सर्वकालीन राजा किन भनिन्छ भन्ने कुरा मैदानबाटै प्रमाणित गरिदिएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्