मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
जेठ २०, २०७८
जुट्न पनि नसकेको र फुट्न पनि नसकेको अवस्थाबाट गुज्रिएको नेकपा एमालेभित्रको एउटा हिस्सा (झलनाथ खनाल/माधव नेपाल पक्ष) पार्टीमा रहन नसक्ने निष्कर्ष संस्थापन पक्षले निकालेको छ ।
सर्वोच्च अदालतको आदेशले नेकपा विभाजन भएर एमाले ब्युँतिएपछि फागुन २३ पछि माधव नेपालसँग पटक–पटक भएका छलफल निष्कर्षमा पुग्न नसकेपछि संस्थापन पक्षले माधव नेपाल एमालेमा फर्किने सम्भावना न्युन रहेको निष्कर्ष निकालेको हो ।
मंगलवार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य नेता आएपनि नेता नेपाल नै एकताका लागि बाधक रहेको निष्कर्ष सुनाएका थिए ।
नेता नेपाल नआए पनि समानान्तर गतिविधिमा लागेका दोस्रो तहका नेताहरूलाई समेट्न प्रयास गर्ने सहमति भएको थियो ।
चैत्र १ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको बैठकदेखि म्यारिएट होटलमा वैशाख ९ र १० गते भएको बैठक हुँदै क्याप्टेन रामेश्वर थापाको घरदेखि सिंहदरबारको कोठामा भएका वार्तामा माधव नेपालको एउटै शर्त थियो– फागुन २८ गतेको एकतर्फी निर्णय खारेज गरेर जेठ २ को अवस्थाबाट पार्टीलाई अगाडि बढाउने ।
शुरूआती दिनमा ‘जेठ २ मा फर्किन सम्भवन नभएको’ बताउने ओली पछिल्लो समय सशर्त जेठ २ मा फर्किन तयार भएको दोस्रो तहका नेताहरूले बताउँदै आएका थिए । पार्टीमा कुनै गुटको अस्तित्व स्वीकार नगर्ने र व्यक्तिसँग मात्र कुरा गर्ने अडान लिएका ओली खनाल–नेपाल पक्षको अस्तित्व स्वीकार गरेर समान हैसियतको कार्यदल बनाएर सहमति खोज्न राजी भएका थिए ।
चपलीहाइटमा भएको वार्तामा जेठ २ गतेको अवस्थामा फर्किने ‘भद्र सहमति’ अनुसार पछिल्लोपटक सिंहदरबारमा भएको वार्ताबाट जेठ २ मा फर्किने ‘मोडालिटी’ तयार गर्न दुवै पक्षका पाँच–पाँच जना सदस्य रहेको कार्यदल गठन भएको थियो ।
कार्यदलले काम शुरू गर्न नपाउँदै जेठ ५ गते बाग्मती प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन भयो । त्यहाँ एमालेका आधिकारिक उम्मेदवारविरुद्ध कांग्रेस र माओवादीको समर्थनमा खडा गरिएका उम्मेदवारलाई माधव नेपाल पक्षले मतदान गर्यो ।
राष्ट्रिय सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई पराजीत गरिएपछि बन्दै गरेको सहमति भाँडियो ।
राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघातलाई ओलीले अनैतिकताको हद भनी टिप्पणी गरे ।
बाग्मती प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनको तुलनामा धेरै ठूलो फ्लोर क्रस गरेर माधव नेपाल पक्षका सांसदहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि नेकपा एमालेभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ ।
देउवाको पक्षमा भएको फ्लोर क्रसलाई प्रधानमन्त्री ओलीले पार्टीमा विद्रोह मात्र नभई व्यवस्थालाई प्रदूषित बनाउने प्रयासको रूपमा व्याख्या गरिरहेका छन् ।
‘यसबीचमा जे जस्ता घटना र प्रवृत्ति देखा परे, तिनले नेपाली राजनीतिलाई पछिसम्म प्रदूषित गराइरहने छन् । हामीले अवलम्बन गरेको बहुदलीय प्रणालीका सिद्धान्त, संसदीय मूल्य मान्यता एवं पार्टी र संसदीय दलका संस्थागत निर्णयलाई धज्जी उडाउँदै नेकपा एमालेका केही सांसदहरूले नेपाली काँग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुभयो,’ जेठ १४ गते राष्ट्रका नाममा गरिएको सम्वोधनमा ओलीले भनेका थिए ।
जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछिका भाषणहरूमा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपर्नाको कारण फ्लोर क्रस गर्ने प्रवृत्ति भएको दोहोर्याइरहेका छन् ।
१६ गते बालुवाटारमा तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टीका नेताहरू नै मुलुकलाई अनिष्ट हुने काममा लाग्दै आएको आरोप लगाएका थिए ।
प्रतिनिधि सभा विघटनपछि नेता नेपाल ओलीको तारो बनेका छन् ।
‘तीनले खाएको शपथ झुटो हो । तीनका शपथ बेइमानी हो । तीनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका शपथ सम्झनुहोस् त, तिनले कहाँ–कहाँ शपथ खाए होलान्, तर देशविरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरू हुन्छन्, नेतृत्व तह अनुशासनहीन र अराजकता उत्रिन्छ ... । सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एक जनाले म विरोधमा आएको छु भन्नुभएछ, गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ, माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ, यो चिन्ताको विषय हो,’ओलीले भनेका थिए ।
मंगलवारको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपालहरू प्रति संकेत गर्दै सबैलाई समेट्न नसके पनि धेरै भन्दा धेरै साथीहरूलाई पार्टी एकताका समेट्न प्रयास गर्ने बताएका थिए ।
‘देउवाजीलाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीका उम्मेदवारलाई हराउने कुरालाई गर्वका साथ केही साथीहरूले महिमामण्डन गरिरहनुभएको छ । ती साथीहरू फर्किनुभयो भने राम्रै हो तर पार्टी एकताको प्रयास र त्यो कुराबीच कहीँ कतै पनि तालमेल मिल्दैन,’ प्रवक्ता ज्ञवालीले भनेका थिए ।
दोस्रोपटक जेठ १० गते एमालेको साधारण सदस्यबाट निस्कासनमा परेपनि नेता नेपालले जेठ १६ गते कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्षसँग बजेटको विरोधमा प्रकाशित गरेको वक्तव्यमा ‘एमाले वरिष्ठ नेता’ लेखेका थिए । प्रधानमन्त्रीमा प्रेस सल्लाहकार सूर्य थापाले नेपालले एमाले वरिष्ठ नेता लेखेकोमा आपत्ति जनाएका थिए ।
संस्थापन पक्षका एक सदस्यले नेता नेपाल फर्किने कुरा आफूहरूले माया मारिसकेको बताए ।
‘अहिलेपनि उहाँको उठबस र माया प्रिती पुष्पकमल दाहालसँग देखिएको छ, उहाँले मिल्ने लक्षण देखाउनु भएको छैन,’ ती सदस्यले लोकान्तरसँग भने ।
माधव नेपाललाई पटक–पटक फोन गरेर भेट गरेका ओली देउवाको पक्षमा हस्ताक्षर प्रकरणपछि ‘भाउ दिने पक्षमा नरहेको’ ती स्थायी कमिटी सदस्यले बताए ।
माधव नेपाल पनि नझुक्ने मनस्थितिमा
समय बित्दै जाँदा माधव नेपाल पक्षको माग पनि फेरिएको छ । उनीहरूले अब जेठ २ मा फर्किएर मात्र नपुग्ने ओलीले अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने नयाँ शर्त अगाडि सारेको छ ।
प्रतिनिधि सभा विघटन भएको भनेर गल्ती स्वीकार्नुपर्ने र त्यसो भएमा मात्र शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता गर्न सकिने नेपाल पक्षको शर्त छ ।
‘जेठ २ मा फर्किनुपर्ने शर्त प्रतिनिधि सभा विघटनअघिको अवस्थामा हो, अब जेठ २ मा फर्किएर मात्र पुग्दैन । यसबारे केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले निर्क्यौल गर्नेछ,’ नेपाल निकट केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
२०७१ सालमा भएको महाधिवेनशको कार्यकाल सकिएकाले ओलीले राजीनामा गर्नुपर्ने नेपाल पक्षको नयाँ शर्त थपिएको छ ।
माधव नेपाल पनि ओलीसँग मिलेर जान नसकिने निष्कर्षमा पुगेको उनीनिकट नेताहरू बताउँछन् । जेठ १० गते पार्टीबाट निष्कासित भएपछि वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई गद्दारको संज्ञा दिँदै उनले निकालेर ‘रौं पनि नहल्लिने’ प्रतिक्रिया दिएका थिए।
हालसालै मात्र आफूपक्षीय विद्यार्थी संगठनको बैठकलाई भर्चुअल सम्बोधन गर्दै नेता नेपालले ओलीसँग सहमति गर्ने भए ढिलो नगर्न नेता गोकर्ण विष्टलाई आग्रह गरेका थिए ।
भर्चुअल बैठकमा नेपालभन्दा पहिला बोलेका विष्टले पार्टीलाई मिलाउने कोशिश भइरहेको भन्दै विद्यार्थीहरूलाई आश्वस्त पार्न कोशिश गरेका थिए ।
तर नेता नेपालले एकताको नाममा ओलीसँग नझुक्ने र धेरै नकुर्ने बताएका थिए । सार्वजनिक कार्यक्रम र यसबीचमा जारी गरिएका वक्तव्यमा पनि नेपालले ओलीसँग नझुक्ने बताउँदै आएका छन् ।
म्यारिअट होलटमा ओलीसँग भएको वार्ताबारे पत्रकारहरूसँग नबोलेका नेता नेपालले भोलिपल्ट जनकपुरमा गएर ओलीमा धरहरा जस्तै दम्भ पलाएको बताएका थिए ।
‘कतिपयलाई लाग्ला बालुवा पेलेर तेल निस्किन्छ, वामदेवजीले पनि बालुवाटारको बालुवा पेलेर तेल निकाल्न खोज्दैहुनुहुन्छ, तर म प्रस्ट छु, माधव नेपाल झुक्नेवाला छैन,’ नेपालले भनेका थिए ।
त्यो बेला झण्डै चुँडिएको एकताको डोरी जेठ २ गते फर्किने सहमति गर्दै कार्यान्वयनका लागि पाँच–पाँच सदस्यीय कार्यदल गठनपछि रोकिएको थियो । तर, त्यो सहमति धेरै दिन टिकेन ।
कर्णाली प्रदेशबाट शुरू भएको फ्लोर क्रशको नयाँ रूप प्रकट भएपछि एमालेको विवाद मिल्नेभन्दा पनि नमिल्ने दिशातिर गयो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि अध्यक्ष ओलीले नेपालसहित ११ जना सांसदलाई पहिलो चरणमा कारवाही गरे ।
‘नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रूपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रूपमा केपी ओलीले आफूलाई स्थापित गरेका छन् । ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन् । कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने तर सर्वहारा वर्ग र आमनेपाली जनता अपहेलित हुने अवस्था आउनु दुःखद् पक्ष हो । ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो । निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरूले राज गरे । यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो । अहिले ओली गुटले गरेको कथित कारवाही वा निस्कासन त्यसैको प्रतिरूप हो,’पार्टीबाट निस्कासनको कारवाही गरिएपछि जेठ ११ गते प्रकाशित अपिलमा नेता नेपालले भनेका छन् ।
उनले ‘अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ,’ भन्दै नयाँ पार्टी खोल्ने संकेत गरेका थिए ।
‘ओलीसँग सँगै जान नसकिने निष्कर्ष निकालेका छौं । नयाँ पार्टी खोलेरै जाने हो । चुनावमा जनपक्षीय शक्तिहरूसँग सहकार्य हुन्छ,’ नेपाल पक्षीय एक केन्द्रीय सदस्यले भने ।
धरमरमा ‘किङ कमरेडहरू !
संस्थापन पक्षले माधव नेपाल बाहेकका दोस्रो तहका नेताहरूसँग एकताको प्रयास जारी राखेपनि नेपाल पक्षीय दोस्रो तहका नेताहरू आफैँ अलमलमा देखिएका छन् ।
पार्टी फुटाउन नहुने पक्षमा उभिएका गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई न नेपाललाई छाड्न सक्ने, न पार्टी फुटाउने कदममा साथ दिने पक्षमा छन् ।
सहमति जुटाउन गठन गरिएको कार्यदलका सदस्य समेत रहेका पाण्डे, भुसाल र विष्ट संस्थापन पक्षका दोस्रो तहका नेताहरूसँग निरन्तर संवादमा छन् ।
‘भविष्यमा पार्टीको नेतृत्वमा पुग्ने सम्भावना भएका नेताहरूले पार्टी विभाजनलाई साथ दिनुहुन्न,’ दोस्रो पुस्तालाई पार्टी एकताका लागि दबाब दिइरहेका एक पूर्व सांसदले भने ।
योगेशसहित निष्क्रिय रहेको कार्यदलका तीन सदस्यले सोमवार राति पनि संस्थापन पक्षका नेताहरूसँग कुरा गरेका थिए ।
संस्थापन पक्षका तर्फबाट सहभागी स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार पार्टी एकता जोगाउनु पर्छ भन्नेमा सबैजना एकमत छन् ।
माधव नेपालसँगै कारवाहीमा परेका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने लगायतका नेताहरू एकतामा आउँदैनन् भन्ने संस्थापन पक्षको बुझाइ छ ।
जनाधार भएका अन्य युवा नेतालाई छुट्न नदिन संस्थापनबाट तमाम कोशिश र प्रयत्न भइरहेको छ ।
कुनै मुद्दाभन्दा पनि व्यक्तिगत इगोबाट शुरू भएर झाँगिदै गएको एमाले विवादका कारण डेढ दशक पार्टीको नेतृत्व गरेका माधव नेपाल एमाले नामक रेलबाट छुट्ने अवस्थामा आइपुगेको विश्लेषण भइरहेका छन् ।
यसबीचमा कुनै चमत्कार नभए नेता नेपाल छुट्टै पार्टी खोल्ने अन्तिम गृहकार्यमा लागेको उनीपक्षीय एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
संयोग मात्र नहुन सक्छ, राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाल समर्थित बुद्धिजीवीले चुनाव जितेको कलम चिह्न राखेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भइसकेको छ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...