
काभ्रे २१ जेठ - काठमाडौंबाट काभ्रेको कोशीपारी मदाान कुंडारी जाँदै गरेको यात्रुवाहक बस काभ्रेको तीनपिप्ले भन्ने स्थानमा आइतवार बिहान दुर्घटनामा परेको छ ।
बा २ ख ६४४१ नम्बरको यात्रु बोकेको गाडी काभ्रेको तीनपिप्ले हनुमानगढीमा दुर्घटनामा परेको काभ्रेका डिएसपी नवीन राइले जानकारी दिए । दुर्घटनामा घाइते ३५ जनालाई उपचारको लागि हुलिखेल अस्पताल पुराइएको छ ।
गाडी सडकबाट तीन मिटर तल झरेको छ ।