१८ असार २०८३, बिहीबार

भारत : कोरोना माताको मन्दिरलाई भत्काइयो बुल्डोजर लगाएर

जेठ ३०, २०७८
भारत : कोरोना माताको मन्दिरलाई भत्काइयो बुल्डोजर लगाएर

भारतको उत्तर प्रदेशमा रहेको प्रतापगढमा गाउँलेहरूले बनाएको कोरोना माताको मन्दिरलाई प्रहरीले हटाएको छ । 

मन्दिर बनेको खबर पाउनेबित्तिकै प्रहरीले शुक्रवार अबेर राति जेसीबी लगाएर मन्दिर भत्कायो अनि अवशेष समेत हटायो । 
 

जूही शुक्लपुर गाउँमा गाउँलेहरूले कोरोना महामारी चलिरहेको बेलामा अन्धविश्वासमा परेर कोरोना माताको मन्दिर बनाएका थिए । उनीहरूले माताको मूर्ति स्थापना गरेर मास्क समेत लगाएका थिए । 

अनि मूर्तिको पूजा अर्चना गरिन थाल्यो । गाउँका मानिस भीड गरेर मन्दिर आउन थाले । 

प्रहरीले भीडभाड हुने मन्दिर नै भत्काइदियो र एक गाउँलेलाई हिरासतमा लियो । प्रहरीले उसलाई सोधपुछ गरिरहेको छ । 

प्रहरीको डरका कारण गाउँलेहरू यस विषयमा केही पनि बोल्न तयार छैनन् । प्रहरी अधिकारीहरू पनि यसमा बयान दिन मान्दैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्