कोरोनाभाइरसको महामारी चलिरहेको बेलामा टेस्ट गराउन गएका एक व्यक्तिको नाकमा स्वाब स्टिक भाँचिएर घाँटीमा पुगेको छ ।
भारतको तेलंगानास्थित करीमनगरमा यो घटना भएको हो । त्यहाँ रामदुगु मंडलका वेंकटरोपल्ली गाउँका मुखिया जुवाजी शेखर कोरोना टेस्ट गराउन गएका थिए ।
दुर्भाग्यवश, स्वाब स्टिक नाकैमा भाँचियो । अनि एन्डोस्कोपी गरेर स्टिक निकाल्नुपरेको थियो ।
घटना शुक्रवार भएको हो ।
गाउँलेहरूका लागि रोलमोडल बन्दै मुखियाले गोपालरावपेट प्राथमिक स्वास्थ्य केन्द्रमा आफ्नो टेस्ट पहिले गराउने निर्णय लिएका थिए तर त्यसले समस्या ल्याइदियो ।
नाकबाट चिप्लिएर घाँटीमा पुगेपछि शेखर आलसतालस भएका थिए । उनको पीडा असह्य भएपछि चिकित्सकहरूले एन्डोस्कोपी गरेका थिए ।