२७ असार २०८३, शनिबार

अस्पतालमा सीट नपाएपछि गर्भवती पत्नीका लागि आफैं कुर्सी बने पति (भिडियो)

असार ४, २०७८
अस्पतालमा सीट नपाएपछि गर्भवती पत्नीका लागि आफैं कुर्सी बने पति (भिडियो)

चीनको एक अस्पतालमा गर्भवती पत्नीलाई बस्ने ठाउँ नभएपछि पति आफैं भुइँमा बसेर पत्नीलाई ढाडमा राखेर कुर्सी बनेको भिडियो सार्वजनिक भएको छ । 

चिकित्सकसँग परामर्श लिन गएकी गर्भवती पत्नी उभिन सक्ने स्थितिमा थिइनन् । 

नजिकैका सीटमा अन्य मानिसहरू बसिरहेको भए पनि कसैले उनलाई सीट खाली गरेन । 

त्यसपछि पति आफैं कुर्सी बनेर पत्नीलाई ढाडमा बस्न लगाए । 

अनि महिलाले पतिको ढाडमा बसेर भित्तोमा हात अड्याएर गोडालाई अलिकति भए पनि आराम दिइन् । 

पतिले पत्नीलाई पानीको बोतल पनि दिएको देखिन्छ । 

भिडियो क्लिप हगाङ प्रहरीले पोस्ट गरेको हो । उत्तरपूर्वी चीनमा रहेको हेलोङजियाङमा भिडियो खिचिएको हो । 

भिडियो सार्वजनिक भएपछि मानिसहरूले पतिको प्रशंसा गरेका छन् भने सीट नछोड्ने अरू मानिसलाई निन्दा गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्